ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवननिर्माणार्थ सहयोग

Highlight अर्थ

काडमाडौ ८ पुस । ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवननिर्माणको लागिदुई लाखपचास हजार रुपैंया सहयोग गरेको छ ।
बैंककाप्रदेश नम्बर १ काप्रादेशिकप्रमुखशुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमाआयोजितकार्यक्रमकाबीचनागरिक केयर सेन्टरका संयोजकपवनकुमार शारडालाई रु दुई लाखपचास हजारको चेक हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंकले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।