काठमाडौं १८ पुस । सुमधुर स्वरकी धनी गायिका जुनु गौतमले गाएका गीतहरु प्राय लोकप्रिय बनेका छन । उनै गायिका गौतमले अग्रेजी नयाँ बर्षको अबसर पारेर आफना दर्शक तथा श्रोताहरुको लागी नयाँ कोसेली स्वरुप ‘यहा हार्नेको कथा’ लिएर आएकी छन् । गायिका गौतमको स्वरमा रहेको नया गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र नविन खड्काले अभिनय गरेका छन् । कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन् ।