एकीकृत जनक्रान्तिले लिएको कार्यक्रम र लक्ष्य

विचार

-हरी बहादुर श्रेष्ठ

आजको विश्व र नेपाली परिस्थितिले कार्यदिशामा नयाँ संश्लेषणको माग गरेको छ । त्यस्तो कार्यदिशा जनविद्रोह र जनयुद्धको विकाशका रुपमा एकीकृत जनक्रान्ति हुन पुगेको छ ।  (विप्लव सङ्कलित रचना)

लेनिनले विकाश गर्नु भएको सशस्त्र विद्रोह र माओले विकाश गर्नु भएको दीर्घकालिन जनयुद्धको विकाशको रुपमा एकिकृत जनक्रान्तिको कार्यदिशा बनेको छ । माक्स र एङ्गेल्सको समयमा पुँजीवादले आफ्नो चिहान खन्न सर्वहारा एवम् मजदुर जन्मायो ।

उद्योगी पूूँजीवाद युगमा उदयमान सर्वहारा क्रान्तिको अग्रदस्ता बन्यो । उहाँको क्रान्तिको कार्यदिशाले कारखानामा हडताल र सडक प्रदर्शन गर्दै पुरानो राज्य सत्ता ढलेर नयाँ राज्य सत्ता स्थापना गर्न अन्ततः सशस्त्र विद्रोह गर्ने बताउनु भयो ।

पुँजीवाद साम्राज्यवाद विकाश भएको स्थिति र क्रान्तिको प्रमुख दस्ता मजदुरको साथमा र किसान पनि थपिएको अवस्थामा लेनिनले सशस्त्र विद्रोहको कार्यदिशा व्यवस्थित रुपमा विकास गर्नु भयो । क्रान्तिको तयारी पूर्ण अभ्यास अन्ततः विद्रोहबाट रुखको क्रान्ति सफल भयो । माओले अन्तर्राष्ट्रिय रुपमा पुँजीवाद पुगेको भए पनि चीन जस्ता तत्कालिन अर्ध औपनिवेशिक तथा अर्थसामन्ती देशहरू जहाँ किसानको वाहुल्य छ त्यस्ता देशहरूमा दीर्घकालिन जनयुद्धको कार्यदिशा विकास गर्नु भयो ।

लेनिनको सशस्त्र विद्रोहबाट सोभियत संघमा विकाश भयो र दोश्रो विश्वयुद्ध पछि पूर्वी युरोप मुक्त भयो । माओको दीर्घकलिन युद्धले चीन, भियतनाम, उत्तरकोरिया लाओस आदि मुक्त भए ।

नेपालमा अन्तर्राष्ट्रिय क्रान्तिको पाठ सिक्दै नेपालमा भएका क्रान्तिको समीक्षा, कमीकमजोरी अंगालेर २००७ साल, २०१७ सालको पञ्चायती व्यवस्था घोषणा देखि २०३६ सालको जनमत संग्रह २०४७ सालको बहुदलीय व्यवस्था र २०५२ साल देखि १० वर्षको जनयुद्ध २०६२–२०६३ को जनआन्दोलनको पाठ सिक्दै माक्र्स एङ्गेल्सको कार्यदिशा पछ्याउदै लेनिनको सशस्त्र विद्रोह माओको दिर्घकालिन जनयुद्ध समेटिएर नेपालमा एकीकृत जनक्रान्तिको कार्यदिशा बन्न गएको छ ।

यसका आधारहरू

१. राजनीतिक अर्थशास्त्र – पुँजीवाद माक्र्स र लेनिनले भनेको कार्यदिशामा अति केन्द्रित भएर गएको छ । आज पुँजीवाद साम्राज्यवाद मात्र भनेर नपुग्ने भएपछि अतिचरणमा उत्तर साम्राज्यवाद र अर्थशास्त्रको भाषामा निगम पुँजीवाद हावी भएको पाइन्छ । माक्र्स, लेनिन र माओको पालामा विकेन्द्रिकृत उत्पादन केन्द्रिकृत वितरण थियो आज विकेन्द्रिकृत विवरण केन्द्रिकृत उत्पादन बनेको छ । यसमा श्रमिक वर्गलाई एकिकृत हुन नदिनु मुठीभर निगमहरूले बजारमा एकाधिकार कायम गर्नु । पुँजीपतिले आफ्ना मुठिभर सिन्डिकेट कर्टेल र ट्रस्ट मार्फत् बजारमा एकाधिकार कायम गर्नु । राज्य सत्ता समेत आफ्नो नियन्त्रणमा लिनु उत्पादन र उत्पीडक वीचमा रहेको मध्यमवर्गलाई श्रमजीवी वर्गको कित्ता जवरजस्ती धकेलि दिएको छ । मुठीभरका पुँजीपति केन्द्रित भएर वजारमा एकाधिकार जमाइ रहेको पाइन्छ । अर्कोतर्फ मजदुर, किसान, सिपाही सुकुम्वासी र मध्य वर्ग पनि एकीकृत हुदै गएको छ । अर्कोतिर उत्पादन शक्ति र विज्ञान प्राविधि जोडिएको छ । यसले उत्पदन सम्बन्ध वीचको लडाईलाई उत्पादक शक्ति अनुसार उत्पादनको सम्बन्ध कायम गर्नु पर्ने आवश्यक छ यसलाई सन्तुलनमा ल्याउन एकीकृत जनक्रान्तिको आवश्यक छ ।

२. विज्ञान र प्रविधिको विकाश – आज विश्व भौतिकशास्त्रीबाट अगाडी बढीरहेको अवस्थामा प्रसिद्ध भौतिक सास्त्रीबाट स्टेफन हकिहको मृत्यु भइसकेको अवस्थामा हामीहरूले यस पृथ्वीमा हाम्रो आफ्नो अस्तित्व र ब्रह्माण्डवारे वैज्ञानिकहरू र दार्शनिकहरू मात्र होइनन् । सर्वसाधारण जनताले ज्ञान हासिल गर्न हकिहले सापेक्षणताको सिद्धान्त र अनिश्चयताको सिद्धान्तलाई जोडेर एकिकृत भौतिक शास्त्रको दर्शन शास्त्रमा भौतिकवादको विकास गर्नु पर्छ भने सामाजिक राजनीतिक क्रान्तिमा एकीकृत जनक्रान्ति भन्न सकिन्छ । आजको भौतिकशास्त्र अनुसार कम्प्यूटर अभिव्यक्ति हो । आधुनिक मोवाइल फोन एकीकृत भौतिकशास्त्रका उदाहरण हुन । यो पुरागर्न रेडियो टेलीभिजन, अखवार, हुलाक, क्यामरा, टर्चलाइट, चलचित्र गृह, विद्यालय पुस्तकालय आदिले कार्य पुरा गर्नछन् । विकाश निर्माणमा संयन्त्रहरू डोजर, स्काइ भेटर, आदि यन्त्रहरू एकीकृत जनक्रान्तिको आधार वनेका छन् ।

३. गाउँ र शहर जोड्ने आज गाउँ त्यति ठूलो दुरी छैन यो दुरी सूचना प्रविधिको विकाशले आमुल रुपमा घटाइदिएको छ । आज पुँजीवादको विकास भएको देशमा लेनिनले विकास गर्नु भए जस्तै शहरिया विद्रोही कार्यदिशा लागु हुने र अर्थ औपनिवेशिक देशहरू अथवा अल्पविकसित देशहरूमा दीघकालिन जनयुद्ध लागु हुने परिस्थितिको सिमा उल्लंघन भइरहेको छ । कृतिमा पनि त्यति ठूलो दुरी छैन । राष्ट्रियता र वर्गीयताको दुरी हटेको अवस्था छ । राष्ट्रियताको लडाईलाई वर्ग संघर्षको लडाइ भन्दा वाहिर गएर विजय हुदैन । अन्ततः दुवै वर्ग संघर्ष बनेका छन् । यी सबै सवधान गर्न एकिकृत जनक्रान्तिको आवश्यक छ ।

४. सैनिक : आजको क्रान्तिक सैनिक युद्ध मात्र होइन । वरु साइवर युद्ध पनि हो । वन्दुक जति धेरै भए पनि अथवा सैन्य हिसावले जतिसुकै वलियो भए पनि त्यसमा सूचना जोडिएन भने वन्दुक अन्धकारमा फस्दछ । आजको श्रमिक र उत्पीडितहरूले यो बुझ्न र सिक्न गहिरो लाग्नु पर्छ । अन्ततः वन्दुकमा साइवर जोडेपछि मात्र क्रान्तिकारी सेना वन्दछ । प्रतिकृया वादी र साम्राज्यवादी सेवन त यो सुविधाबाट लेन हुन गाह्रो छैन । क्रान्तिकारी सेना यसबाट लैन अब कसैले रोक्न प्रयास गरेर पनि सक्दैन । त्यसकारण क्रानित्कारी सूचना खेलमा पनि अब प्रयास गरेर पनि सक्तैन विज्ञान पनि वन्दुक र सूचनाको एकीकृत संयन्त्र बनेको छ ।

५. यी आधारलाई मूल धारा बनेर एकिकृत जनक्रान्तिको कार्यदिशा आवश्यक भएका छ । यसलाई पूरा गर्न निम्न कार्यक्रम र लक्ष्य राखिएको छ ।

क) नयाँ जनवाद

ख) वैज्ञानिक समाजवाद

ग) साभ्यवाद

क) नया” जनवाद : एउटा अर्धसामान्ती – अर्धऔपनिवेशिक मुलुकमा मजदुर वर्गको नेतृत्व र किसान वर्गको प्रमुख सहभागितामा शहरका गरिव वर्ग निम्न पूँजीपति वर्ग तथा राष्ट्रिय पूँजीपति वर्ग समेटेर व्यापक जनसमुदायको विराटशक्ति निर्माण गर्दै सकेसम्म नोकरशाही पुँजीपतिको एउटा हिस्सालाई फोर्दै र सामान्त साम्रज्यवाद नोकरशाही पुँजीपति विरुद्धको उनीहरूालई हराएर स्थापित गरिने नयाँ खालको पुँजीवाद राजनीतिक, आर्थिक, सामाजिक संरचना नै नयाँ जनवाद हो ।

१. नेपालमा एउटा अर्धसामन्ती–अर्धऔपनिवेशिीक मुलुक नेपालमा सामन्तवादी प्रथाको अन्त्य पनि भइ नसकेको पुँजीवाद पनि आइनसकेको यसलाई अर्धसामान्त मुलुक भन्न फरक नपर्ने देखिन्छ । राजनीतिक दलहरू जनताले आँखामा छारो हाल्न वा सत्ता कसीमा पुग्न सत्तामा रमाउन समाजवादको भ्रम फिजाउने, उद्योगी नाफा कमाउन सस्तोमा मजदुर खोज्दै हिड्ने । सरकार उद्योगपति मिलेमतोमा करार, ज्यालादारी ठेकदारीमा मजदुर भर्ति गर्ने । किसानको उत्पादिन वस्तु वा सामान दलालीकरण नभइकन उपभोक्तमा आइ नपुग्ने, विचौलिया मोटाउने, किसान मारमा पर्ने, उत्पादित सामानले बजार नपाउने विचौलियाले बजार कब्जा गर्ने, विचौलियाको कारण किसानले समयमा मल विउ नपाउने, एक थरीको विउ भनेर अर्को नक्कली विउ पठाउने । किसान जिविकोपार्जन गर्ने धौं धौं हुने, मजदुर एक छाक खान धौ धौ हुने उद्योगी नाफा कमाउन तछाड मछाड गरी बजार कब्जा गर्ने गरेको पान्छ । राजनीतिक दल, कर्मचारी भाइचारामा लिप्त हुने, असमान श्रममा वाँडफाँड गर्ने एक व्यक्तिले अर्को व्यक्तिले हेप्ने, अफिस घर, उद्योगमा हाकिम, साहु, पिउन, ड्राइभरको नाता कायम नै रहनु वा मालिक र नोकरको सम्बन्ध भएको देख्न सकिन्छ । उदाहरणको लागि सरकारी कार्यालय, मन्त्रालय, कार्यालय सहयोगी हलुका सवारी चालक, उदोग लगायत घरमा काम लगाउने, किसानलाई अधिया, हलिया लगायत मिटर व्याव वा चक्रवर्ति व्याज लगाएर उठीवास बनाउने, भू–माफियावादीबाट आदि सामन्तवादी नै मान्न सकिन्छ । यसमा सोझै थिचो मिचो नभएपछि घुमौरो पाराले थिचो मिचो भएको देख्न सकिन्छ । नेपालमा अर्धसामन्त र मुलुक भन्न सकिन्छ ।

२. अर्धऔपनिवेशिक – सम्पूर्ण राष्ट्रिय उत्पादन नभ्याएर वा आफूले उत्पादन गर्न नसकेपछि अरुको भरमा वा आयात नगरी राज्य चलाउन धौ धौ हुने अवस्थालाई अधऔपनिवेशिक भन्न फरक पर्दैन । नेपाल एउटा भुपरिवेष्ठित देश भएकाले यहाँ उत्पादन धान्न गाह्रो अवस्था हुन आउछ । वाहिरबाट आउने सामान पनि स्थल मार्ग भइ आउनु पर्ने भएपछि अरुको भर पर्न वाध्य भएको छ । देशका राजनीतिक सरकार सत्ता स्थिर नभएको अवस्था छ । आफ्नो कार्ययोनजा केहि बनाउन सक्दैनन् । अर्कोको कपी गर्दा उसको चपेटामा पर्ने गएको छ । जनताले चुनेर पठाएका प्रतिनिधिबाट जनता नै पिडित हुनु परेको छ । राज्य सचालकहरू विदेशको इशारामा नाच्ने गर्छन् । राष्ट्रिय कार्ययोजना केहि हुदैन । राष्ट्रिय उत्पादन भन्दा विदेशी आयतिमा जोड दिइन्छ । यस्तो देशलाई अर्धऔपनिवेसिक भन्न फरक पर्दैन । नेपालमा पनि यस्तै अवस्था देख्न सकिन्छ । मजदुर वर्ग पिडित जहाँ १२–१८ घण्टा काम गर्दा पनि एक छाक खान धौ धौ अवस्था छ । मजदुर वर्गको नेतृत्वमा किसान वगएको साथ अनिवार्य भएको छ । नेतृत्व मजदुरको सहभागी किसानको साथ अनिवार्य भएको छ । नेतृत्व मजदुर सहभागी किसान गरी सहरी इलाका गरिव, देशमा उद्योगी, पुँजीपति वर्गकालाई साथमा लिइ क्रान्ति आवश्यक छ । जहाँ वेरोजगारी, महंगी कालो बजारीका कारण अधिकांश शहरमा गरिवीपन बढ्न थालेको छ । मजदुरले विहान खाएपछि बेलुका के खाने अवस्था छ । महिनाभरी काम ग¥यो खान पुग्दैन । किसान वर्गले वर्षभरि काम गर्दा धान्न गाह्रो छ । जमिन भू–माफियाको हातमा हुन्छ । किसानलाई जिविको धान्न गाह्रो अवस्था छ । जमिदार पुँजीपतिहरू तछाड मछाड गरिरहेका छन् । राष्ट्रिय पुँजीपति लगानी गर्ने ठाउँ खोजिरहेको अवस्था छ । यी सम्पूर्ण समस्याको हल गर्न नयाँ जनवादको आवश्यक छ । जनवादी क्रान्तिको कार्यक्रम सामान्त दलाल र नोकरशाही पुँजीपति वर्गको प्रतिक्रिया सरज्य सत्तलााई ध्वस्त पार्ने तथा विदेशी प्रभुत्ववाद र उपनिवेशवादबाट देशलाई स्वतन्त्र पार्ने योजना आजको आवश्यकता हो । नयाँ राज्य निर्माण गर्नुपर्छ । त्यस सत्ताले सामन्त दलाल पुँजीपति र नोकरशाही पुँजीपति वर्गबाट सम्पूर्ण राजनीतिक अधिकार खोस्नु पर्छ । उनीहरूको हातबाट सारा सम्पत्ति र उत्पादका साधन खोसेर उत्पादक जनता र राष्ट्रको हातमा पु¥याउनु पर्छ । नयाँ संस्कृतिको निर्माण गर्नु पर्छ । त्यसले जनवादी उत्पादन पद्धतिको विकास गर्दै समाजवाद तर्फ संक्रमण गर्ने आधारहरू तयार पर्ने पर्छ । ती सम्पूर्ण काममा सर्वाहारा वर्गको नेतृत्व अनिवायृ रहने कुराको प्रतयभूति हुनुपर्छ । यो नेपालको क्रान्तिमा आवश्यकता छ । ख) वैज्ञानिक समाजवाद – मजदुरलाई बुद्धिजीवी बनउाने बुद्धिजीवीलाई मजदुर बनाउने उच्च सामाजिक र नैतिक धरातलमा खडा भएको व्यवस्था हो । यो व्यवस्थामा मजदुरलाई सच्च सामान प्राप्त गर्ने अवसर प्राप्त हुन्छ ।

१. नेपालको सन्दर्भमा मजदुर, किसान, बुद्धीजीवी, निम्न वर्ग, मध्यमवर्ग राष्ट्रिय पूँजीपति सम्पूाण शक्तिलाई एक ध्रुवमा खडा गरी राष्ट्रिय स्रोत परिचालन गरी सम्पूर्ण शक्तिलाई उदोग, उत्पादन उत्पादकत्वमा जोड्न जरुरी छ । यसमा राष्ट्रिय पुँजीपति वर्गलाई लागनी गर्न प्रोत्साहन दिने, मजदुर वर्गलाई क्षमता अनुसारको काम योग्यता अनुसार दाम, किसानलाई राष्ट्रिय उत्पादनमा जोड उत्पादित सामान, विना विचौलिया बजारको व्यवस्थापन मध्यम वर्ग सर्वहारावर्ग मजदुर किसान बुद्धिजीवी सम्पूर्ण शक्तिलाई एक ठाउँमा गोलवन्दी गरी राष्ट्रिय उत्पादन उद्योगको लगानी, युवाको विदेशबाट सिकेको शिप र क्षमताको प्रयोग गरी नेपालमा विकास गर्न आवश्यक छ । यो आवश्यकतालाई पुरा गर्न वैज्ञानिक समाजवाद चाहिएको छ । यसलाई मध्यनजर गरी वैज्ञानिक समाजवादको कार्यक्रम र लक्ष्य राखेको छ । यो समाजमा जतिजति मानव समाजको प्रगति हुदै जान्छ नैतिक मूल्य स्थापित हुदै स्वातन्त्र निरन्तर व्यापक र आधिकारीक बन्दै जान्छ । त्यो अवस्थामा मानिसको आफ्नो इच्छा, आकांक्षाहरूलाई सामाजिक हित बनाउने संस्कार स्थापना गराउनको निमित्त राजकीय भूमिका स्थापित गराउने छ । यो अवस्थामा आर्थिक समानतामा प्रत्येक सदस्यहरूले आ–आफ्नो योग्यता अनुसारको काम गर्ने छन् । काम अनुसारको भौतिक र संस्कृतिक सुविधा (पारिश्रमिक) प्रप्त गर्ने छन् । कुनै नागरिक वेरोजगार भएर छटपटिनु पर्दैन । मान्छेका अति आवश्यकता वस्तु र गाउँ, वास, कपास, शिक्षा, सवस्थ्य सम्पूर्ण राज्यको स्वामित्वमा हुन्छ । पूर्ती गर्ने छ । वैज्ञानिक समाजवादको सम्पूर्ण नागरिकलाई अध्ययन र चिन्तन गर्ने अवसर प्राप्त हुन्छ । यो समाजमा जाति, धर्म, भाषा, संस्कृति नाममा खडा गरिएका पर्खाल ढालिने छन् । सामजका संरचनालाई वर्गीय धरातलमा खडा गराइने छ । कुनै जाति पराधिन हुने छैन । राज्यको स्थान स्थानीय सुशासनमा आधातिर हुनेछ । व्यक्तिगत स्वार्थ र नाफामा आधारित असमानता निशेष पारिने छ । यो उच्च सामाजिक, आर्थिक राजनीतिक र संस्कृति मूल्य सहितको पारस्परिक सहारा वन्धुत्मा आधारित हुने छ । वैज्ञानिक समाजवादमा मानवतावाद केवल जनताको वीचमा फरक सम्वन्ध होइन, राष्ट्रिय तथा अन्तराष्ट्रिय वन्धुत्वको जगमा खडा हुने छ । यो समाजमा मानिसले आफूलाई पुँजीवाद समाजाट भिन्न अवस्थामा पाउने छन् । यसको लक्ष्य नै समानता स्वातन्त्रतामा आधारित समाज हुनेले यो एउटा सुख समृद्धी व्यवस्था हुने छ ।

ग) साम्यवादी समाज – समाजवादको विकाश हुदै जादा वर्ग विहिन, राज्य विहिन तेरो, मेरो केहि नभएको एउटा उन्नत व्यवस्था हुने छ । जुन समाजलाई माक्र्स ले राष्ट्रियको घेराबाट माथि उठेको अन्तराष्ट्रिय स्वारुप साम्यवादी समाजको रुपमा परिकल्पना गरेका छन् । त्यो समाजका मानिसहरूले श्रमलाई नैतिक र आवश्यकता अनुसार सिुविधा लिने गर्दछन् । त्यो उच्च नैतिक धरातलमा खडा भएको समाजलाई माक्सैले साम्यवादी समाज भनेर परिकल्पना गरेका छन् । एकीकृत जनक्रान्तिको अन्तको लक्ष्य भनेको नै साम्यवाद हो । यो विश्वमा कम्युनिष्टको एजेन्ट नै हो । यसलाई पुरा गर्न आज नेपालमा एकिकृत जनक्रान्तिको आवश्यक छ ।