नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २७ गते सर्यो

राजनीति

काठमाडौँ २४ पुस । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्रेस थप नीति आगामी बैठकबाटै तय गर्ने रणनीतिमा छ।