निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग

Highlight मुख्य खबर राजनीति

काठमाडौं २४ पुस । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्‍न दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको देउवाले बताए ।

देउवाले ट्वीटरमा लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनीय छ । दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्यरमान्यताविपरीत हो । पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दछ ।’

नेकपा ओली समूहले शुक्रबार धनगढीमा गरेको प्रदेशस्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै रु’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको थियो ।