‘प्रधानमन्त्री बाट संबिधान च्यात्ने काम भयो’ -पुर्वमन्त्री केसी

राजनीति

सोलुखुम्बु २५ पुस । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन ।
नेपाली काग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री केसीले भने ‘केपी ओली जी सर्वसत्तावाद र तानाशाही बन्नुभयो उहाँलाई संसद विघटन गर्ने अधिकार कस्ले दियो ? उहाँलाई प्रश्न गरे । प्रधानमन्त्री बाट संविधान जलाउँने काम भयो गणतन्त्र र संविधान संकटमा पर्यो केसीले भने ओली जीले जनताको मतलाई लात हाने अब उनलाई जनताले सधैका लागि बिधा गर्नेछ्न।
कांग्रेसको केन्द्रको सर्कुलर अनुसार पौष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पश्चात कांग्रेसले देशैभर कार्यक्रम गर्दै आएको छ।कार्यक्रमलाई नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्की महासमिति सदस्य शम्भुहरी बास्तोला नेपाली कांग्रेस सोलुखुम्बुका कुशराज राई नेपाल महिला संघका पुर्व केन्द्रिय सदस्य रिणा उप्रेती केसी नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व सचीव चन्द्र आचार्य तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाल विद्यार्थी संघका सभापति अस्बिन बाबू थापा तरुण दल सोलुखुम्बुका पुर्व अध्यक्ष जीवन गुरुङ नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका सभापति महेन्द्रदीप राई सोताङ गाउँपालिका सभापति गणेश बस्नेत नेचा सल्यान गाउँंपालिका सभापति निर कुमार शर्मा कटेल लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
यस्तै कार्यक्रम नेबिसंघले प्रधानमन्त्रीको पुत्ला दहन समेत गरेको थियो । प्रदेश सभा क को नेचा सल्यान ३ बिहिबारे बजारमा भएको कार्यक्रम सभापति धनजन राईको सभापतित्व तथा केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।