कांग्रेस चुनावमा जान तयार छ : देउवा

Highlight राजनीति

सिन्धुपाल्चोक २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी निर्वाचनको मिति तय गरसंगै नेपाली कांग्रेस निर्वाचनमा जान तयार भएको छ । संसद पुनस्थापना हुने या नहुने भन्ने अन्यौल छाइरहेका बेला सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै काग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताएका हुन।
सभापति देउवाले अदालतमा विचाराधीन विषयमा कांग्रेसले दबाब नदिए बताए। ‘सडक आन्दोलनबाट कुनै निर्णय हुँदैन,’ उनले भने, ‘अहिले अदालतमा मुद्दा विचाराधीन छ। अदालतको निर्णय कुर्नु नै आजको आवश्यकता हो।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको जुनसुकै निर्णय पनि स्वीकार गर्ने प्रष्ट्याए। ‘अदालतले संसद पुनर्स्थापना गरेमा संसदमा जान तयार छौँ। निर्वाचन हुने भएमा त्यसका लागि समेत तयार नै छौँ,’उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको निर्णयलाई स्वीकार गर्छ।’