कम्युटर किबोर्डका महत्वपूर्ण १२ बटन, यस्ता काम गर्न सकिन्छ सजिलै

Highlight प्रविधि

ल्यापटप तथा डेक्सटपको किबोर्डको माथिल्लो भागमा पक्कै पनि हामीले १२ वटा बटन देखेका छौं । ती बटन प्रयोगकर्ताको सुविधाका लागि राखिएको हो । के तपाईलाई ती बटन कसरी प्रयोग गर्ने भन्ने जानकारी छ रु

यदि छैन भने आज हामी तपाईलाई ती बटनको बारेमा जानकारी दिने प्रयास गर्छौ । किबोर्डको माथि शिरानामा रहेका एफ १ देखि एफ १२ सम्मका बटनको फरक फरक काम गर्छन् । ती सबै बटनको आ आफै काम हुन्छन् र तिनले हामीलाई सहज रुपमा आफनो दैनिक काम गर्नमद्दत गरिरहेका हुन्छन् ।

एफ १ः जब हामी कम्प्युटर वा ल्यापटप अन गर्छौ । एफ १ बटनलाई दबाएर सिस्टमको सेटअपमा जान सक्छौ । यहाँ बुट प्रोसेस वा दोस्रो सेटिङ समेत परिवर्तन गर्न सकिन्छ ।

एफ २ः एफ २ बटनको मद्दतबाट तपाईले कुनै पनि फाइलको रिनेम गर्न सक्नुहुन्छ । खास कुरा यो हो कि सबै फाइललाई एकै खालको नाम दिने हो भने सबै सेलेक्ट गरेर त्यसमा दबाएपछि फाइलको नाम परिवर्तन गर्न सकिन्छ । माइक्रोसफ्ट वर्डमा एफ २ बटन प्रेस गर्ना साथ फाइलको प्रिन्ट प्रिभ्यू समेत देख्न सकिन्छ ।

एफ ३ः बिन्डोजमा एफ ३ बटनको प्रयोग गरेर सर्च बक्स खोल्न सकिन्छ । तपाईले कुनै फाइल वा फोल्डर सर्च गर्न सक्नुहुन्छ । एमएस डसमा एफ ३ दबाएपछि एक पटक टाइप गरेको कुरा दोस्रो पटक टाइप हुन जान्छ ।

एफ ४ः माइक्रोसफ्ट वर्डमा एफ ४ बटन दबाएपछि पहिले गरिएको काम पुनः देखाउँछ । जस्तै जुन शब्द पहिले टाइप गरिएको थियो, उही पुनः आउँछ । जुन शब्द बोल्ड गरिएको हुन्छ । पुनः त्यस्तै बोल्ड हुन्छ ।

एफ ५ः एफ ५ बटनले कम्प्युटरलाई रिफ्रेश गराउँछ। यसले फाइललाई अटो अरेन्ज गर्दछ । पावरप्वाइन्टमा यसलाई दबाएपछि भने स्लाइड शो सुरु हुन्छ।

एफ ६ः एफ ६ बटन प्रेस गरेपछि बिन्डोजमा खुलेको फोल्डर्सको कन्टेन्ट देखिन्छ । माइक्रोसफ्ट वर्डमा खुलेका कयौ डकुमेन्ट एक एक गरी हेर्नका लागि कन्ट्रोल, सिफ्ट र एफ ६ बटनको प्रयोग गर्न सकिन्छ ।

एफ ७ः माइक्रोसफ्ट वर्डमा एफ ७ बटन दबाएपछि कुनै पनि शब्द टाइप गर्दा वा त्यसको हिज्जे, वा सही गलत के हो पत्ता लगाउन सकिन्छ ।

एफ ८ः माइक्रोसफ्ट वर्डमा टेक्स्ट सेलेक्ट गर्नका लागि एफ ८ बटनको प्रयोग गरिन्छ ।

एफ ९ः माइक्रोसफ्ट आउटलुकमा एफ ९ बटनको प्रयोग गरे मेल पठाउन वा प्राप्त गर्न सकिन्छ । केही ल्यापटपमा भने स्क्रिनको ब्राइटनेस नियन्त्रण गर्न सकिन्छ । आजभोली यसलाई कम्युटर वा ल्यापटप लक गर्नका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एफ १०ः कुनै पनि सफ्टवेयरमा काम गरिरहेको भए एफ १० बटन दबाएपछि मेन्यू खुल्न जान्छ । यसको साथ साथै सिफ्टको साथमा एफ १० दबाएपछि माउसको राइट क्लिकको काम समेत गर्न सकिन्छ ।

एफ ११ः इन्टरनेट ब्राउजरको फूल स्क्रिन भ्यूका लागि एफ ११ बटनको प्रयोग गर्न सकिन्छ ।

एफ १२ः माइक्रोसफ्ट वर्डमा एफ १२ को प्रयोग गरेर फ्रेस गर्न वा सेभ एज अप्सन समेत खुल्न जान्छ । सिफ्टका साथमा एफ १२ दबाएपछि माइक्रोसफट फाइल सेभ हुन्छ ।टेक्नोलोजी खबर