काभ्रेको पाचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु

मुख्य खबर समाचार

काभ्रे २८ पुस । चखालमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिएका छन्।

सिन्धुपाल्चोकको जलवीरेबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ६६०२ नम्बरको बसले बा६प ७८३४ मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकल चालक भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। डिएसपी कुमार विक्रम थापाका अनुसार भुजेलको शव अझै उठाइएको छैन भने बस प्रहरी नियन्त्रणमा छ।