वैदेशिक अध्ययनमा नेपाली विद्यार्थीको बढ्दो रुचि

शिक्षा समाचार

मुना लामा मोक्तान

हरेक वर्ष कयौँ नेपाली विद्यार्थी वैदेशिक अध्ययनका लागि विदेश जाने गरेका छन् र यो क्रम बढ्दै नै गइरहेको छ । काठमाडौँ मात्र होइन, देशका विभिन्न दुर्गम क्षेत्रबाट पनि अध्ययनका लागि विदेश जाने क्रम बढ्दै गइरहेको छ । देशहरु जस्तै अमेरिका, भारत, अस्ट्रेलिया, जापान र यु. के. विद्यार्थीहरुका मुख्य छनोट हुन् । १२ सिद्धिए लगत्तै विद्यार्थीहरु, TOEFL, IELTS, जापानिज भाषा तथा अन्य भाषा शिक्षणको तयारीमा लागेको पाईन्छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी बढेका कारण शैक्षिक परामर्शदाता पनि नेपालमा उत्तिकै बढ्दै गइरहेको पाईन्छ । मुख्यत, काठमाडौँ लगायत अन्य मुख्य शहरहरु जस्तै पोखरा, चितवन, बिराटनगर, बुटवल, जस्ता ठाउँहरुमा शैक्षिक परामर्शदाताको बढ्दो संख्या छ ।
नेपालमा शैक्षिक तथा रोजगारीक अवसरहरुका कमीले गर्दा विदेश पलायनको संख्या हरेक वर्ष बढ्दै गएको पाईन्छ । पढेलेखेका व्यक्तिहरु पढ्नका लागि विदेश पलायन हुन्छन् भने अनपढ व्यक्तिहरु रोजगारीका लागि । तर जेजस्तो भएपनि सबैको मुख्य उद्देश्य भनेकै आफ्नो सुन्दर भविष्यका लागि पैसा कमाउनु हो ।
नेपाल सरकारबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीको तथ्यांक त पाईन्छ तर, विदेश अध्ययन गरेर नेपाल फर्कने तथ्यांक चाहिँ नेपाल सरकारसँग छैन । विद्यार्थीहरु विदेश जना बाध्य छन् किनभने नेपालमा शैक्षिक पाठ्यक्रममा अझै पनि कमी कमजोरीहरु छन् । अझै पनि नेपाली विश्वविद्यालय तथा कलेजहरुमा विभिन्न संकायहरु ल्याउन बाँकी नै छन् । सरकारी कलेजहरुमा विभिन्न कारण जस्तै राजनीतिक हस्तक्षेप, कक्षामा धेरै विद्यार्थी, अप्रबन्धित कलेज प्रशासन र संकायका कारण शिक्षामा चुनौतीहरु आऊँछन् भने निजी कलेजहरु अति महँगा छन । कतिपय विद्यार्थीहरु पढाई सिधिए पछाडी पनि नेपाल फर्कन रुचाउनन् । नेपालमा रोजगारको अवसरहरु कम छन् भने आय पनि आकर्षक छैनन् ।
अन्तर्राष्ट्रिय शिक्षा अनुसन्धानमा आधारित र रचनात्मक हुन्छन् भने विद्यार्थीलाई बुद्धिमान, आत्मविश्वासी र सफल बन्नलाई मद्दत गर्छन् । तसर्थ, नेपाल शिक्षा मन्त्रालयले पाठ्यक्रम बदल्न, परम्परागत शैलीबाट निस्कन र व्यवहारिक शिक्षालाई प्राथमिकता दिन जरुरी छ ।