बालकृष्ण दाहाल पुगे विद्युत प्राधिकरण

Highlight मुख्य खबर

काठमाडौ २९ पुस । ओखलढुंगामा विद्युत विकासको परिकल्पना स्वरुप उज्यालो ओखलढुंगा बनाउने चुनावी नारा बनाए पनि ओखलढुंगाका सबै स्थानीय तहहरुमा विद्युतको पहुच पुगेको छैन । विद्युत विकासको लागि बजेट विनियोजन गरिए पनि जिल्लाका सबै स्थानीय तहमा विद्युतको पहुच पुराउन छुट्टाइएको बजेटको आठ गुना बढी लाग्ने अनुमान गरिएको छ ।
हाल जिल्लामा ओखलढुंगा सेलुखुम्बु करिडोर सहित २३ करोड बजेट छुट्टाइएको भएपनि करिडोर बाहेक ७ करोड मात्र बजेट विनियोजन गरिएको छ । जिल्लाका सबै स्थानीय तहमा विद्युतको पहुच पुराउनको लागि करिब ६० करोड बजेटको आवश्यक्ता देखिन्छ । प्रत्येक घरमा विजुली पुराउन हाल विनियोजन गरिएको ७ करोड रकम अपुग हुने भन्दै बुधबार जिल्लाका एक समूह विद्युत प्राधिकरणमा डेलिकेशन गएका छन । नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि एवं संविधान सभा सदस्यका प्रत्यासी बालकृष्ण दाहालको नेतृत्वमा महासमिति सदस्य कुमार लुइटेल, नेपाली काग्रेस ओखलढुंगा काठमार्डा सम्पर्क समितिका अध्यक्ष रमेश बहादुर तामाङ, नेविसका जिल्ला सभापति गोविन्द कोइराला तथा नेविसंघ पूर्व उपसभापति नविन राइको टोली वितरण तथा ग्राहक निर्देशनालयका उप कार्यकारी निर्देशन हरराज न्यौपानेलाई भेटी जिल्लाको विद्युतको समस्या तथा विद्युत विकासका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रस्ताव राखेका हुन ।
प्रस्तावका सम्बन्धमा जवाफ दिदै उप कार्यकारी निर्देशन हरराज न्यौपानेले ‘जिल्लामा सबै तह तथा प्रत्येक घरमा विद्युतको पहुच पुराउन प्राधिकरण तयार रहेको तर स्थानीय तहबाट पनि प्रयास गर्नु पर्ने बताए । न्यौपानेले भने ‘जिल्लामा प्रत्येक स्थानीय तहका प्रत्येक घरमा बत्ति बाल्नको लागि ६० करोड बजेको आवश्यकता छ । त्यो सबै बजेट प्राधिकरणले एकै चोटी विनियोजन गर्दा प्राधिकरणलाई पनि भार पर्ने भएका कारण स्थनीय तह (गाउपालिका) ले पनि बजेट विनियोजन गरे प्रत्येकका घरघरमा बत्ति बल्न सम्भव छ । ’ न्यौपानेले भने ‘यदी गाउपालिकाले विद्युतीकरणको लागि बजेट छुट्टाउछ भने गाउपालिकाले जति बजेट छुट्टाउछ त्यति नै बजेट प्राधिकरणले छुट्टाउने छ ।’

जिल्लाका ८ स्थानीय तहमध्ये सुनकोशी र चिसंखुगढी गाउपलिकाले आफनो बजेट सिलिङबाट विद्युतीकरणमा खर्च गरेको देखिए पनि अन्य स्थानीय तहले खर्च गरेका छैनन । सबै गाउपालिकाहरुले विद्युतीकरणमा बजेट विनियोजन गरेको खण्डमा जिल्लाका प्रत्येक घरमा विद्युत पुग्ने देखिएको छ । त्यसोत जिल्लाका केही स्थानीय तह तथा गाउमा विद्युतीकरण भएपनि विद्युत महसुल रकम संकलन केन्द्र (काउण्टर) को अभाव हुदा एक सयको विद्युत महसुल बुझाउन १५ सय रुपैया बाटो खर्च गरेर जानु पर्ने उपभोक्ताहरुको बाध्यता रहेको छ । हाल जिल्लामा २ वटामात्र काउण्टर भएका कारण उपभोक्ताहरुलाई महसुल बुझाउन समेत समस्या आएको छ । चिसंखुगढीका उपभोक्ताले महसुल बुझाउन १३ सय सम्म खर्च गरी महसुल बुझाउन सदरमुकाम आउनुपर्ने बाध्यता रहको छ । भने अन्य गाउपालिकाका उपभोक्ताहरुको हविगत पनि कम छैन । यही समस्यालाई मध्ये नजर गर्दै सबै स्थानीय तहमा विद्युत महसुल संकलन गर्नको लागि काउण्टरको ब्यवस्था गर्न पनि अवगत गराइएको छ । यसका लागि तत्काल चिसंखुगढी निशंखे र रामपुरका काउण्टर स्थापना गर्न उप कार्यकारी निर्देशन हरराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएका छन् ।

हुन त ६३५ मेगावाटको दुधकोशी हाइड्रो निर्माण प्रक्रिया छ । यो हाइड्रोबाट ओखलढुंगा सोलुखुम्बु तथा खोटाङ तीनवटा जिल्ला प्रभावित तथा लाभान्वीत हुनेछन । यो हाइड्रो द्रुत गतिमा निर्माण भए जिल्लामा विद्युतको सहज आपूर्ती हुने छ । तर हाइड्रो निर्माण प्रक्रिया अघि बढन ढिलाई भइरहको भन्दै बालकृष्ण दाहालको टोली दुधकोशी जलविद्युत आयोजनाको कार्यालय त्रिपुरेश्वरमा पुगि हाइड्रो निर्माण प्रक्रियाका बारेमा जानकारी लिएका छन । आयोजना प्रमुख बसन्त ध्वज श्रेष्ठले डिटेल पोजेक्ट रिपोर्ट (डिपिआर) अन्तिम तयारीमा पुगेको, डिपिआर र  जग्गाप्राप्ती, मुअब्जा लगायतको प्रक्रिया अगाडि बढने बताए ।