ओखलढुंगा १३ माघ । ओखलढुंगा जिल्लाको चिसंखुगढी गाउपालिकामा चरम भष्ट्रचार भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनमा चिसंखुगढी गाउपालिकामा चरम भष्ट्रचार हुने गरिएको तथ्य सार्वजनिक गरिएको हो ।
गाउपालिकामा विकासका नाममा सडक निर्माण तथा भवन निर्माणमा भष्ट्रचार हुने गरेको स्थानीयहरुले भनाइ रहेको छ । आवश्यकता भन्दा बढी बाटो निर्माण तथा तथा मापदण्ड पुरा नगरी निर्माण गरिएका योजनाबाट भष्ट्रचार हुने गरेको स्थानीयहरुले बताएका छन् । सडक निर्माणमा अनियमितता हुनुका साथै भवन निर्माण समेत अनियमितता भएको जिल्ला समन्वय समिति ओखलढुंगाको ठहर छ । गाउँपालिकाले सञ्चालन गरेको २ नं वडा सभा हल निर्माण योजनामा ८ लाख १४ हजार ९ सय ६० रुपैयाँ (कामभन्दा बढी) भुक्तानी गरी हिनामिना गरिएको जिसस ओखलढुंगाले सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनमा उल्लेख छ।
यसरी सञ्चालन भएका योजनाको बारम्बार गुणस्तरीय काम नभएको भन्ने स्थानीयको गुनासो र आमसञ्चारमा आएका खबरका आधारमा जिल्ला समन्वय समितिले स्थलगत अनुगमन गरी प्राविधिक तथा सामाजिक रुपमा बृहत् अध्ययन गरी विवरण सार्वजनिक गरेको जिसस प्रमुख जयबहादुर श्रेष्ठले जनाए।