काग्रेस केन्द्रीय सदस्य महेश आचार्यले दिए केन्द्रीय समायोजन समितिबाट राजीनामा

Highlight राजनीति

काठमाडौँ १३ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसको केन्द्रीय समायोजन समिति सदस्यबाट राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवा समक्ष मंगलबार आचार्यले राजीनामा बुझाएका हुन् ।

आचार्यले राजिनामा दिएको भएपनि सभापति देउवाले आचार्यको राजिनामका विषयमा कुनै पनि निर्णय नगरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसले ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा समायोजनका काम सकेको बताउँदै आइरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने समायोजनमा समस्या देखिदैं आएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई समायोजन समितिमा राखेको र करिब–करिब तोकिएका काम पूरा भएको जानकारी गराएका थिए ।
कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •