पुष्पा धमलाद्धारा लिखित ‘पुष्पहार’ को विमोचन

साहित्य

काठमाडौ २४ माघ । गजलकार पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ राजधानीमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । हातेमालो साहित्य संगमद्धारा काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन समारोहको आयोजना गरी उक्त कृति विमोचन गरिएको हो । कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।
विमोचन समारोहमा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्राज्ञ तथा छन्दकवि डा देवी नेपाल, नेपाल प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेल, साहित्यकार डा. रेणुका थापा सोलु, बरिष्ठ साहित्यकार जीवनाथ धमला लगायत विभिन्न पेशा कर्मी तथा साहित्यकारहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा कृतिमाथि प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गजलकार पुष्पा धमलाद्धारा रचित कृति पुष्पहार निकै राम्रो कृति भएको उल्लेख गरे । त्यसैगरी कार्यक्रममा नेपाल प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले गजलकार धमलाले छोटो समयमा नै गजल संग्रह निकाल्न सफल भएको उल्लेख गर्दै छोटो अवधिमा सफलता प्राप्त गरेको बताए ।


कार्यक्रममा प्राज्ञ तथा छन्दकवि डा देवी नेपालले धमलाद्धारा लिखित कृतिमा प्राकृति र जीवनसंगको संयोजन कृतिमा पाइने बताएका छन् । हाम्रो प्रत्यक्ष जीवनसंग समाजसंग जोडिएका कुरालाई गजलमा समावेश गरिएको एउटा सुखद पाटो रहेको उल्लेख गरेका छन । त्यसैगरी कार्यक्रममा समालोचक डा. रेनुका थापा सोलुले कृतिमाथि समीक्षा प्रस्तुत गरेकी थिइन भने शुभकामना मन्तव्य बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल राखेका थिए ।

कार्यक्रममा गजलकार पुष्पा धमलाले आफुले गजल संग्रह निकाल्ने परिकल्पना स्वरुप लागिपरेको र संग्रह निकाल्न सबैको साथ सपोट पाएको उल्लेख गरेकी थिइन । गजलकार धमलाले सुरुमा आफुलाई गजलको बारेमा केही थाहा नभएको अरु गजलकारहरुको लेख्ने शैली र लेखनलाई नियाल्दै जाँदा गजल कसरी लेख्ने गजलका नियमहरु थाहा भएको र त्यसको परिणाम स्वरुप आफुले गजल संग्रह तयार गरेको कार्यक्रममा उल्लेख गरिन । सुभकामना गजल मार्फल गजलकार उत्तम शर्मा बाचन गरेका थिए ।  कार्यक्रम उद्घोषक साहित्यकार यादव भट्टराईले सञ्चालन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •