बलिउड अभिनेता राजीव कपुरको निधन

मनोरञ्जन

काठमाडौ २७ माघ । बलिउड अभिनेता राजीव कपुरको हृदयघातका कारण निधन भएको छ। राजीवको ५८ वर्षको उमेरमा निधन भएको ऋषि कपुरकी श्रीमती नीतु कपुरले पुष्टि गरेकी छिन्।

उनले एक जान है हमबाट अभिनयमा डेब्यू गरेका थिए । राम तेरी गंगा मैली, आसमान, लभर ब्वाइ, जबरजस्त, हम तो चले पर्देस, जमिनदार लगायतका फिल्ममा काम गरेका छन्।

दाइ ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको ५८ वर्षको उमेरमा निधन भएको हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •