-माधव फुयाँल
जुन रुन्छ रात सङ्ग
घाम रुन्छ बादल सङ्ग
सम्बन्धले नजिक पार्छ
उ नै रुन्छ उसै सङ्ग ।
औशि को नि आफ्नै बेथा
बादलको नि छरे कथा
घाम र जुनले भन्छन अरे
पार्छु तिम्लाइ यता न उता । ।
भोको रुन्छ गाँस सङ्ग
नाङ्गो रुन्छ धोती सङ्ग
गरिब रुन्छ बाँस सङ्ग
निमुखा रुन्छ आस सङ्ग ।।।