अतीतको चोटहरु बर्तमानको जिउने आधार (प्रेम कथा)

साहित्य

-शोबु कटवाल

प्रत्येक मानिसलाइ आपनो भबिस्यले केहि सोच्न बाध्य गराउछ । प्रत्येक ब्याक्ती आफ्नो बिबशतामा हुर्किएको हुन्छ । कसैका पीरहरु आँखामा पग्लिन्छन । कसैका पीडाहरु बोलिमा अभिब्यक्तिन्छ्न । समय सधैं एकनास रहदैन कहिले खुशी ,कहिले पीडा त्यही समाजमा हुर्किएर एक मेरो नजरले देखिएको कथा छ।

‘अतीत बर्तमानको आधार भबिस्यको ’
‘उसका आँखाहरुमा उदासीको बादल मडारिएको थियो । अनुहारभरी चिन्ताका लहरहरुले बास गरेका थिए । ओंठबाट मुस्कानले विदा लिएको थियो । तैपनि मुस्कुरायो ऊ । उदासीको गहिरो निश्वास भरिएको मुस्कानमा जिन्दगी कुरुप भन्दा अरु नदेखिंदोरैछ । अहँ फिटिक्कै मन परेन
उ मुस्कुराएको ।
मान्छे आफैसँग झुठ बोल्न कसैगरी पनि नसक्दो रहेछ । ओंठले लुकाएको सत्य आँखाहरुले लुकाउन नसक्ने रहेछ । हात पनि मिलाउन नपाउँदै उसका आँखाहरु बर्सिन शुरु गरे… ।

मसँग शब्दहरु थिएनन् । निशब्द रहें ….। भक्कानियो ..ऊ । ‘दर्शन म एक्लो भएँ यार…। अब म यति लामो जिन्दगी कसरी बिताउँ…
‘मूल सडकमै भक्कानिन थालेपछि कसरी सम्हाल्नु.. आत्तिएँ म म चुपचाप मौन भइरहें।

मनभरी बेचैनी भो, मेरो मनमा त्यो सुनौलो अतितको हुण्डरी मच्चिन थाल्यो । कस्तो मान्छे कस्तो भइसकेछ ! समयको झोक्काले
मान्छेलाई कस्तोबाट कस्तो बनाउँदोरैछ । उफ् … !
यो मान्छे यस्तो कहाँ थियो ? बोलिरहनुपर्ने .. ,हाँसिरहनुपर्ने… अनि हँसाइरहनुपर्ने ।
क्याम्पसको पहिलो दिन । नयाँ क्याम्पस । नयाँ ठाउँ ।
नयाँ साथीहरु । नयाँ कक्षाकोठा । सबै सबै नयाँ । म संकोच, कौतुहल र उत्सुकता लिएर चुपचाप छिरेको थिएँ ।कक्षाकोठामा । एक सय जना जति अट्ने कोठा । कक्षाकोठा इतिहास जत्तिकै पुरानो संरचना जसमा मेरो अबका केहिवर्ष भुक्तान गर्नुपर्ने छ । आफैभित्र डराउदै छिरेको थिएँ । अन्तिम लहर तिर जाँदैथिएँ । च्याप्प कसैले समात्यो हात ।…‘कता हो सर….. सुरुसुरु ? यता खाली छ । अटाइन्छ होला नी ..कि आफूलाई डाइनोसर सम्झिन्छ र ?
तेस्रो लहरको आधा रित्तो बेञ्चतिर तान्दै बोलेको थियो ऊ । शब्दमा जादु थियो सायद.. । त्यहीं क्षण देखि नयाँ ठाउँमा एक अञ्जान साथी भेटियो ..। त्यसपछि नै हो …..(काठमाडौं ) राजधानीको खुल्ला आँगनमा हामीले आत्मियताको नाताले नजिक हुन थालेको …। तिमीबाट शुरु भएको सम्बोधन तँ मा झरिसकेको थियो । औपचारिकताको बाँध नाघेर मित्रताको साइनो गोप्य आँगनभरी छताछुल्ल हुन थालेको थियो । सुख दुःख हामीले
रोटीको टुक्राजस्तै बाँड्न थाल्यौं ।

‘ओइ दर्शन मलाई लभ परेजस्तो छ यार’ क्याम्पसको गेटभित्र छिर्दै गर्दा एकदिन भन्दै थियो ऊ….. । ‘मैले नी चाल पाइरछु’ जिस्काउँदै
कोट्याएको थिएँ मैले, ‘ त्यहीं सम्झना होइन तेरो कपटी मन चोर्ने’ ?

‘यत्रो संगत गरेर पनि तैले तेरो दाइलाई चिन्न सकिनस् है ? तैंले तेरो दाईको शुद्ध स्वच्छ, कोमल, सिमलको भुवा जस्तो मन सुटुक्क चोर्ने मान्छे
त्यो सम्झना नभएर क्लासकै भद्र, शिष्ट, सस्कारी ,अध्यनसिल शोयुषा हो । राम्रोसँग चिन आफ्नी भविष्यकी भाउजुलाई ।’

‘हे भगवान, मति बिग्रनु भनेको यहीं हो । क्याम्पसदेखि शहरसम्म एक से एक अप्सराहरु हुँदाहुँदै त्यहीं एउटी सरस्वती पुत्रीलाई बाहेक अरुलाई देख्न सकेनन् होइन तेरा आँखाले’ ? मनको कुरा लुकाउँदै जिस्काइदिएको थिएँ मैले …..। अँध्यारो अनुहार लगाएको थियो उसले…. । र मलाई
त्यहीं अँध्यारो अनुहारको फाईदा लुट्नु थियो ….।

कक्षा भरी ऊ झोंक्राइरहृयो । मेरो ओंठबाट राक्षसी मुस्कान निस्किरहयो । ‘ओइ शोयुषा १ ’ साँझ क्लास सकिएपछि बोलाएँ मैले। ‘किन ?’ आफ्ना पावरवाला चस्माबाट आँखाको तिर तेर्स्याई उसले ….।

‘सानो कुरा गर्नुछ, एकैछिन समय देउ न’ मैले अनुरोध गरें …। छेउमा उभिएको थियो ऊ । बैशाखको घाममा पनि जमेको थियो उसको अनुहार… । काटेपनि रगत नचुहिएला जस्तोगरी…..।
‘तिम्रो कोही ब्वाइफ्रेन्ड छ कि छैन?’
सधैंको बोलक्कड ऊ यहींबेलामा बोलेन । सिधै सोधिदिएँ मैले ।
‘हुँ…यहीं हो तिम्रो काम ‘चकित भई ऊ । सायद रिसाएर हिर्काउँथी होली । तर मित्रताको तगारो थियो बीचमा । क्याम्पसमा हामी मिल्ने साथी भइसकेका थियौं ।
‘छ भने प्रष्ट भन्देउ । नभए तिम्लाई यो आयुषले मन पराउँछ । जति बोलक्कड भए पनि यसले भन्न सक्ने होइन मैले थाहा पाएर आफै भन्देको तिम्रो जस्तो जवाफ भए पनि प्रस्ट भन्नु ।’
शब्दको अर्को प्रश्न थपिदिए मैले.. ।

आयुष मुर्ति जसरी उभिरहिरहृयो । शोयुषाको पनि ओंठबाट शब्दहरु गायब भए । उ बोलिन…। चुपचाप चिया सकेर हिंडि । मैले के गरें ?
बहादुरी वा दुस्साहस ? अलमलिइरहें ….।

‘उसले के भन्ली यार….? ’ आयुषको मुटु धड्किन थाल्यो । छातीको देब्रे कुनामा राखेको थिएँ उसलाई मैले । तँलाई थाहा त छ नी सब….। कस्तो
थिएँ ….। कस्तो गर्राई…, ऊ थिई र त सिंगो संसार मेरो आफ्नो भइदिएको थियो । अब म कसरी बाँचु ? ऊ नभएपछि मलाई यो संसारको के काम सुँक्सु्काहटको बीचबाट अर्को भक्कानो छोड्यो उसले ।

शोयुषा आँखामा पावरवाला चस्मा लाउथी । फेसनको मतलब गर्दिन थि । उतिसारो नबोल्ने । घमण्डी भन्थे सबैले । जब बिस्तारै सबैसँग हेलमेल भई थाहा भयो उ जत्तिकी सफा मनको कोही रहेनछ । कुरा सुन्दा यस्तो लाग्थ्यो दर्शन, इतिहास सबै पचाइसकेकी छे उसले… ।

कक्षामा प्रोफेसरले पढाउँदा हाम्रो लागी रामायण लाग्थ्यो ….. ऊ हरेक सिद्धान्तको भूगोल बताउँथी । एउटा राष्ट्रिय पत्रिकाको शनिवारीय अंकमा उसको कविता पढेपछि बल्ल सबैलाई थाहा भयो ऊ पढैया मात्र होइन अक्षरमा अभिव्यक्त गर्ने कुशल लेखिका पनि हो भनेर ….।

त्यहीं दिनदेखि त हो कक्षामा सबैले उसँग हात मिलाउन थालेको । र, त्यो भन्दा पहिलेदेखि नै हो आयुष ऊ प्रति आकर्सित भएको ।
हामी ४ जना साथीको समूह बनेको थियो। आयुष ,शोयुषा, म र संदेश थियौं समुहमा। पढन्ते भन्थे हाम्रो समुहलाई अरुहरुले हाम्रो इज्जत जोगाइदिएकी थिई शोयुषाले १

हामी अध्ययन कम र गफ बढी गर्थिउ । आफूले पढेजत्तिको शोयुषा सुनाउँथी ।ध्यान दिएर सुन्थ्यौ ।पछि फुलबुट्टा जोडेर भन्दै हिड्थ्यौ ।सबैले भन्थे हामी जतिको पढ्ने कोहि छैन । खासमा शोयुषा थिइ हामिभन्दा फरक धातुले बनेकी ।अध्यनशील थिइ ।सामाजिक गतिविधिमा पनि सकृय हिम्मतवाली साहसी । केटाकेटी भनेपछी हुरुक्कै । शिक्षा सबैले पाउनुपर्छ भन्थी…..।

अलि अलि पैसा कमाउन सके दुस्ख पाएको केटाकेटीलाई स्कुल पढाउन सघाउथे भन्थी । यहि थियो उस्को सपना । चियापसलमा मैले लमिको भुमिका खेलेको अर्कोदिन क्याम्पस जान खुट्टा सर्नै मानेका थिएनन् । मनले भने कल्पनाका अनेक तस्बिर बनाइसकेको थियो कुनै तस्बिरमा आयुषको ओठभरी मुस्कान हुन्थियो । कुनैमा रोदन । मन फुलेर बेलुन बनेको थियो । थाहा थिएन कतिबेला फुट्नेछ , तर फुटेन उडिगयो हावासगै ।
दर्शन….मेरो साथी …. कसरी धन्यवाद दिउ तलाइ संसारभरको खुशी टिपेर तैले मलाई दिएको छस ।आयुषको खुट्टा ठाउँमा थिएन ।क्याम्पस पुग्नेसाथ जुरुक्क उठाएको थियो मलाई । छेउमा शोयुषा लाजले राती भएर मुस्कुराउदै थिइ । कायर आफुले भन्न सकेको होइन केरे भनेर भन्दै थिइ । हासेर टारिदिएको थियो आयुषले ।
अनि त समयको रफ्तारमा यो जोडिले कोरेका इन्द्रेणी तस्बिर कस कसरी पो मेट्नसक्छ र ? ……म कस्तो थिए ? पुरै हावा । उसले मान्छे बनाइ। सपना रोपिदिई मेरो मनमा । म त्यही सपना देखेर जीबनको अर्थ लगाउन खोज्दै थिए । तर उसले मलाई छोडेर गई ।उफ १ म कता जाउ अब ? दर्शन मलाई जिन्दगीको यो यात्रा गाह्रो लाग्दैछ ।
मर्न पाए पनि कति जाती हुन्थियो ? ‘जीबनको परिभाषा र हुलिया फेरिदिएकी थिइ शोयुषाले।जीबनलाइ खेलको रूपमा मात्रै लिने आयुष बिस्तारै गम्भीर बनेको थियोे । जीवनको सडकमा सपना सजाउनु पनि कति ठुलो हुदोरहेछ । आयुषको कल्पनाभरी अनेक सपनाको झोला भरिन थालेका थिए र म पनि बिस्तारै संगत अनुसार परिवर्तन हुँदै थिए । त्यतिनै बेला यस्तो भैइदियो ।आयुष पागल जस्तै बन्यो ।सनिवारको दिन मन्दिर जानु र त्यही अनाथ आश्रम गएर केटाकेटीको लागि खानेकुरा , पुस्तक , कापी कलम बितरण गरेर भोलिपल्ट आइतबार क्याम्पस आउनु उस्को सधैंको क्रम थियो तर त्यही दिन एक टिपरले बिहानै बाटो क्रस गर्दा शोयुषाको ज्याननै लिएछ, छिनभरमै हामी सबैलाई छोडेर गई सधैंको लागि …. ।

त्यही दिन देखि हो आयुषको हुलिया फेरिएको …….संगै हिड्ने गल्ली छ । समाउने हात छैन । सङै बसेको मन्दिरको सतल छ । संगै बस्ने मान्छे छैन कति धेरै कुराहरु छ्न सुनाउला भनेर राखेको अब कस्लाइ सुनाउ मैले ? दर्शन मलाई यो जीवन बोझ लाग्न थालेको छ । ‘आयुषको भक्कानोमा अध्यारो संसार भन्दा अरु केही देखिएन । म मौन भैइदिए । के बोल्ने ? के मात्रै नबोल्ने ? शब्द शब्दका गुच्चाहरु घाटिसम्म आउदै फर्किदै गरे तर पनि बोले म । ‘आयुष ’ त साथी होस । म त यसरी जिन्दगी देखि हारेको देख्न सक्तिन । म तलाइ सम्झाउन पनि जान्दिन ।

फेरि कोहि कसैले सम्झाएर पनि तलाइ खासै फरक पर्दैन । तैपनी साथिको दुस्खमा मौन हुन सक्तिन यार । ‘त जस्तो मान्छे यसरी जिन्दगी देखि हरेस खाएर हुन्छ यार ? यो संसारमा तलाई मात्रै यस्तो पीडा त होइन नि आखिर…… ।

अब तैले जीवनको क्रूर यथार्थलाई सहेर अगाडी बड्नु पर्छ मेरो साथी । टुक्राटुक्रा वाक्य जोडेर भलाद्मी बन्न खोजे म। अनि म के गरु ? यो मनको घाउ कसरी मेटु ? यो छट्पटी , यो अत्यास म कसलाई कसरी सुनाउ ? भन न दर्शन त नै भन । कति धेरै सपनाहरू थिए । कति धेरै योजनाहरु ।सब बिचमा लथालिङ्ग पारेर उ गई ।सारा संसार आफुसङ लिएर गई ।तलाइ के थाहा मलाई कती गाह्रो भा छ ।मेरा सारा निर्णय उ गर्थी ।स ( साना कुरा पनि उसलाई नसुनाइरहन सक्तिनथे मैले । अब म यो जिन्दगी कसरी बिताउ ? कस्लाइ सुनाउ ? को सङ सोधु ? हरेक पल उसको अभाव खट्किन्छ…. । तँ नै भन मैले कसरी बिर्सु उसलाई ….?
‘मैले बिर्सी भनेको छैन यार .. । जीवनको सबैभन्दा नजीक भएको मान्छेलाई कोहि कसरी पो बिर्सन सक्छ र ? अनि त भन्छ्स नि शोयुषाले तलाइ छोडेर गई गलत हो । तेरो हरपल हरस्वासमा छे उ…. ।तँ किन हरेकपल उसलाई सम्झिन्छस ? किनभने हरेक पल उ त संगै छे ।उसलाई तै संगै राख तेरो सम्झनाको सुट्केशमा ….। अनि एउटा हातले आँखाको आँसु पुछ्दै त अगाडी बढ साथी । हामी बाच्नेहरुलाई मर्नेहरुको सम्झना बोकेर जीवनयात्रामा हिंड्नुभन्दा अरु विकल्प नै के छ र? ‘मनमा अड्किएका सारा शब्दहरु पोखिदिए मैले ।’ फेरि उ भक्कानिदै भन्छ ‘जहिल्यै आफुलाइ छोडेर अरुबारे सोचि रहन्थि…..। कति दुख्यो होला !!  कति रोइकराई गरिहोली !!

मैले उसको अन्तिम श्वास लिईररहेको समयमा पानी समेत खुवाउन सकिन । मेरा आँखाहरु पनि त्रिशुली बनेका थिए ।मैले रोकिन साक्षी मात्रै बनिरहे ।कतिबेला लाग्छ मरिदिउ तर फेरि उसकै सम्झनाले सक्तिन । थाहा छ एकदिन उसले के भनेकी थिई? मैले जिज्ञासा सुचक बनाइदिए अनुहार । मलाई सोधेकि थिई … म तिमी भन्दा छिट्टै मरे के गर्छौ ? उसलाई थाहा रैहिछ दर्शन उ मलाई छोडेर जान्छु भन्ने । त्यतिबेला मैले भनेको थिए ‘तिमीबिना मलाई यो संसार काम छैन म पनि मरिदिन्छु ।’
अनि उसले के भनेकी थिई नि ? मैले सोधे…

त्यही शब्दले त म मर्न पनि सक्तिन । उसले भनेकि थिइू त्यसोभए तिमिले मलाई माया नै नगर्ने रहेछौ । तिम्रो माया पनि त्यही अरुहरुको जस्तो देखावटी रहेछ ।साचो माया गर्ने मान्छे मायालु मर्दैमा मर्दैन बुझ्यौ .. उ त आफ्नो मान्छेको बाकी रहेको सपना पूरा गर्न बाचिरहन्छ ।

जब म उसले भनेको यो कुरा सम्झिन्छु नि … मर्न पनि सक्तिन। अनि फेरि मौनता छायो हामी बिच ।
सायद म पनि गलिसकेको थिए । रुन चाहान्थे । तर उसको अगाडी सकिन ।आफैलाइ सम्हाले । ‘सायद उसले ठिक भनेकी हो दर्शन, एक छिन रोकिए पछि बोल्यो आयुष ….
म उसले भनेजस्तै उसको बाकी सपना पूरा गर्न प्रयास गरौंला । उसले भनेजस्तै पढ्न नपाएका केटाकेटीलाई स्कुलहरुमा पढ्न केही सहयोग गरि पढ्न सजिलो वातावरण बनाउन सिङ्गो जीवन लगाउला। तर, गाह्रो हुदोरहेछ दर्शन…. , गाह्रो हुदोरहेछ । उसले छोडिएका सम्झनाहरु छ्न । सपनाहरू छ्न । रहरहरु छ्न । सबथोक छ्न । तर, उ छैन….।
उफ !  दर्शन, सायद अब यस्तै गरि बाच्ने होला है ?……
हरेक दिन उसका सम्झनासंगै सपनाहरू दोहोर्याउदै । उसले कुन्नी के सोच्यो बर्बराइरह्यो ……।
असल मान्छे मरे तारा हुन्छ भन्छन् । शोयुषा असल थिइ । उ पनि तारा भइ होली है ……?
हरेक रात आकाशतिर फर्किन्छु र भन्छु ‘हेर शोयुषा म मरेको छैन । तिम्रो सपनाहरु पूरा गर्न म बाचिरहेछु…. ।
म सङ अरु कोहि छैन । सबैभन्दा ठूलो सम्पत्ति तिमिसंग हुदाका र तिमिले छोडिगएका अतीत सङै हरेक सम्झना पल हरेक धट्कनमा धड्किरहेको छ ।’ अनि हातले अनुहार ढाकेर घोप्टो परिरह्यो उ । म मौन बसिरहे। लोकसत्ताबाट साभार

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •