नेपाली कांग्रेसका महासमिति सदस्य तथा समाजसेवी मित्रसेन दाहालको निधन

राजनीति

काठमाडौँ ७ फागुन। नेपाली काँग्रेसका महासमिति सदस्य तथा समाजसेवी मित्रसेन दाहालको मृत्यु भएको छ। नेपाली काँग्रेस ओखलढुंगामा सक्रिय सक्रिय रहँदै आएका दाहालका दुवै मिर्गौला फेल भएपछि मृगौला प्रत्यारोपणको पश्चात निरन्तर कांग्रेसको राजनीति र समाजसेवामा क्रियाशील रहँदै आएका थिए । विश्व महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणबाट पनि दाहाल अछुतो रहेनन् । उनलाई कोरोना पोजेटिभ देखिएको थियो । तर नियमित उपचार र स्वास्थ्य सुरक्षा अपनाउँदै कोरोनालाई पनि जितेर पुरानै जिबनमा फर्किएका दाहालको फागुन ७ गते बिहान १० बजेतिर ओम अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको नेपाल विद्यार्थी सङ्घ ओखलढुंगाका अध्यक्ष गोविन्द कोइरालाले अखबार अनलाइनलाई बताए ।

यसरी कोरोना लाई जितेका दाहालले केही दिनअगाडि मात्र नेपाल सरकारले ल्याएको कोरोनाको भ्याक्सिन पनि लगाएका थिए। दाहालले काठमाडौंको लप्सेफेदीमा सुविधासम्पन्न वृद्धाश्रम तथा जेष्ठ नागरीक ग्रामको स्थापना गरी सामाजिक काम गर्दै आएका थिए । दाहालका दुई छोरा र एक छोरी रहेका छन् । दाहालको पार्थिक शरीर दाहालको आफ्नै निवास काठमाडौंको सरस्वतीनगरमा  राखिएको नेविसङ्घका अध्यक्ष गोविन्द कोइरालाले बताए ।

स्वर्गीय दाहालको अन्तिम दाहासंस्कार आजै  तीनबजे पशुपति आर्यघाटमा गरिने नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहालले बताए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •