कोरोनालाई जितेका मित्रसेन हृदयघातका कारण मृत्यु

मुख्य खबर राजनीति

काठमाडौ ७ फागुन । नेपाली कांग्रेसका महासमिति सदस्य तथा समाजसेवी स्वर्गीय मित्रसेन दाहालको पशुपति आर्यघाट दाहसस्कार गरिएको छ । शुक्रबार बिहान अचानक हटटयाक भइ मृत्यु भएका दाहालको साँझ पशुपति आर्यघाटमा दाहसस्कार गरिएको हो ।
विगत एक दशक अगाडि दाहालका दुवै मृगौला फेल भई प्रत्यारोपण गरी पुन जीवन विताउदै आएका दाहालल नेपाली काग्रेस ओखलढुंगाको राजनीतिमा सक्रिय रहेका थिए । दाहालले २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काग्रेसको तर्पmबाट ओखलढुंगा प्रदेश ‘क’ बाट उम्मेदवार बनेका थिए । दाहालले ओखलढुंगे जनताका लोकप्रिय मत ११ हजार ९ सय ६ मत प्राप्त गरेपनि सानो मतान्तरले निर्वाचन पराजय भोगेका थिए । निर्वाचनमा पराजय भोगेपनि काग्रेसको राजनीतिमा सक्रिय बन्दै आएका दाहाल समाजिक क्षेत्रमा पनि ख्याति कमाएका थिए । आफना पिता स्व जय प्रसाद दाहालको सम्झनामा स्थापना गरिएको जेपी प्रतिष्ठान मार्पmत दाहालले समाजमा अमूल्य योगदान पुराउदै आएका थिए ।
जेपी फाउण्डेशन मार्पmत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुका साथै काठमाडौको लप्सेफेदीमा मेगा प्राजेक्ट मैत्री सेवा आश्रम तथा जेष्ठ नागरिक ग्रामको स्थापना गरी बृद्धबृद्धाहरुको सेवा गर्दै आएका थिए । त्यसैगरी दाहालले काठमाडौको गौरीघाट नजिककै प्रणवानन्द आश्रमको स्थापना गरी २ सय अनाथ बालबालिकाहरुलाई निशुल्क शिक्षा दीक्षा एवं भोजन बन्दोबस्ती मिलाएर उदाहरीय काम गर्दै आएका थिए ।
२०१९ साल मंसिर ४ गते ओखलढुंगाको लामिडाडामा जन्मेका दाहाल २०३४ सालमा नेपाल विद्यार्थी संघबाट काग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । विद्यार्थी जीवनबाटै राजनीति यात्रा सुरु गरेका दाहाल २०४२ सालमा काग्रेसले आह्वान गरेको सत्यग्रह तथा विभिन्न समयमा काग्रेसले आह्वान गरेको आन्दोलनमा पटक पटक गरी २ बर्ष जेल जीवन विताएका थिए । यसरी काग्रेको राजनीतिमा सक्रिय दाहाल विश्व महामारीका रुपमा पैmलिएको कोरोना भाइरस (कोभिड १९) को सक्रमणमा परेका थिए । तर नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षा अपनाउदै कोरोनालाई जितेका दाहालले चार दिन अगाडी फागुन ३ गते कोरोनाको भ्याक्सिन समेत लगाएका थिए । मृगौला प्रत्यारोपण गरेका दाहालले कोरोनाको भ्याक्सिन लगाएसंगै स्वास्थ्यमा केही गडबड भएको र फागुन ७ गते विहान मर्निङवाक गरी घर पुगेका दाहालको स्वास्थ्यमा समस्या आएपछि दाहालले अस्पताल जान गाडि समेत तयार गरी भर्‍याङबाट झर्दै गर्दा अचानक ढल्न पुगे । परिवारले हतपट उनलाई चावहिल स्थित ओम अस्पताल पुराएपनि अस्पताल नपुग्दै बाटैमा दाहालको निधन भएको परिवार श्रोतले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •