गायक यमन माझी र सरीता माझीको ‘आँखी जुदेन’ मा शशीकलाको दम्दार नृत्य (भिडियो सहित)

मनोरञ्जन

काठमाडौ ८ फागुन । गायक तथा संगीतकार यमन माझीको नया गीत ‘आँखी जुदेन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा यमन माझी र सरिता माझी स्वर रहेको छ । गीतमा यमन माझीको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो बुधबार सार्वजनिक भएको हो ।

माझी भाषामा गाइएको उक्त गीत विशेष गरेर माझी समुदायको घाटपुजालाई लक्षित गरेर गाइएको र सोही समयमा गीत सार्वजनिक गरिएको गायक यमन माझीले बताए । गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन्, भने मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । दीपक अधिकारीको कोरियोग्राफी रहेको ‘आँखी जुदेन’ गीतको भिडियोमा शशीकला माझी र सन्तोष माझी फिचर्ड छन् ।

सार्वजनिक भिडियोमा शशीकला र सन्तोषलाई विक्रम माझी, असुन माझी, अनुप माझी, इश्वर श्रेष्ठ, कविता माझी, सर्मिला माझी, देवेन्द्र माझी, राज माझी, रञ्जना माझी, अस्मिता माझी, सुस्मिता माझी, राजकुमार माझी, सपना माझी, निशा माझीलगायतले साथ दिएका छन् । भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •