प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याएको वरिष्ठ नेता पौडेलको आरोप

राजनीति

काठमाडौँ ९ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्काएको आरोप लगाएका छन् ।

आइतबार सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले विराटनगरमा भएको सभामा सम्बोधन गर्दै अदालतलाई धम्काएको बताएका हुन् ।

उनले अदालते संसद पुनःस्थापना गरे सेटिङ्गं र आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •