सर्वोच्चको फैसला काग्रेसद्धारा स्वागत

राजनीति

काठमाडौं ११ फागुन । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्।

सर्वोच्च अदालतले आज साँझ प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि उनले यसलाई ऐतिहासिक निर्णय भएको बताएका छन् । सभापति देउवाले प्रेस विज्ञप्ती जारी गर्दै अदालतको निर्णय स्वागत याग्य भएको बताएका छन् ।

उनले लेखेका छन् – सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •