निफ्राको शेयरमूल्यमा नेगेटिभ सर्किट, १० मिनेटको अवधिमै सेयरको मुल्य ओरालो

Highlight अर्थ

काठमाडौ ११ फागुन । मंगलबार नेपाल इन्फ्रास्ट्रकचर बैंक ुनिफ्राु को शेयर मूल्यमा तिब्र उतार चढाव देखिएको छ । मंगलबार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको केहि समयपछि नेगेटिभ सर्किट लागेको छ ।

मंगलबार नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको थियो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ७२६ पुगेको थियो । तर त्यसको १० मिनेट पनि नबित्दै कम्पनीकोशेयरमा नकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर ५९४ मा आईपुगेको छ । कम्पनीको शेयरमा १० मिनेटको अन्तरमा सकारात्मक र नकारात्मक सर्किट लागेको हो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •