निजी कारको भाडा आतंक, राज्यलाई कर छल्दै यात्रुलाई लुटदै, प्रशासन मौन - Akhabaronline
Highlightसमाचार

निजी कारको भाडा आतंक, राज्यलाई कर छल्दै यात्रुलाई लुटदै, प्रशासन मौन

रातो नम्बर प्लेटका कारले राजधानीमा खुलेआम यात्रु बोक्ने गरेको जानकारीमा आएको छ । राजधानीका विभिन्न चोक तथा विभिन्न ठाउमा सडकमा लाइन नै पार्किङ गरिएका कारले यात्रुहरुसंग मोलमोलाई गर्ने गरेका हुन । टयाक्सी दर्ता गर्दा बढी राजश्व तिर्नु पर्ने भएका कारण सरकारी कर छल्दै कार दर्ता गर्ने अनि यात्रु बोक्ने गरेका छ । कारमा न मिटर छ न त कुनै भाडादर नै छ । यात्रु हेरेर मनलाग्दी तरिकाले यात्रुबाट भाडा असुल्ने गरेको गुनासो बढदै गएपछि अखबार अनलाइनले स्ट्रिङ अप्रेशन नै सञ्चालन गरिएको थियो । उक्त अपरेशनमा भत्तलपुरका केही स्थानमा पुग्दा जे देखियो एक रिपोर्ट
उपत्यकाका विभिन्न स्थानमा यतिबेला रातो प्लेटका कारहरुले भाडाका यात्रुहरु बोक्ने गरेको पाइयो । सवारी नियम अनुसार रातो प्लेट निजी सवारीका लागि दिइने प्लेट हो भने भाडाका सवारीका लागि भने कालो प्लेट प्रदान गरिन्छ । कालो प्लेट लिनका लागि बढि राजश्व तिर्नु पर्छ भने रातो प्लेट लिनका लागि कम राजश्व तिर्नुपर्छ । अझ बुझने गरी भन्नु पर्दा रातो प्लेट भएको कार हो जुन नीजि अर्थात ब्यक्तिगत प्रयोजनका लागि हो भने कालो प्लेट भएको भाडाको सवारी हो ।

भाडाको सवारीमा तोकिएको भाडा लिएर यात्रु ओसार पसार गर्न अनुमती दिएको हुन्छ । त्यसमा पनि तोकिएको भाडा भन्दा बढी लिए यात्रुले कम्प्लेन गरेभने कारबाही हुन सक्छ । तर रातो प्लेटको कारले भाडा लिएर यात्रु ओसारपसार गर्नका बन्देज गरिएको छ । यही बन्देश गरिएको रातो प्लेटको कारले खुलमखुल्ला यात्रुलाई बार्गेनिङ गरेर टयाक्सीको भन्दा महंगो भाडामा यात्रु ओसारपसार गरिरदा पनि सरोकारवाल निकाय भने मौन छ । सडकमा ट्राफिक व्यवस्थापन देखि सवारीको कागजपत्र चेक गर्ने ट्राफिक प्रहरीले समेत आफनै आखा अगाडि रातो प्लेटका कारहरुले यात्रुसंग मोलमोलाई गरेर यात्रु ओसारी रहदा नदेखेको भने पक्कै होइन होला ।

यो विषयमा विशेष जानकारी प्राप्त भएपछि अखबार अनलाइन टिभीको टीमले भक्तपुरका केही स्थानहरुमा स्ट्रिङ अप्रेशन सञ्चालन गरियो । जब हामी भक्तपुरमाको सूर्यनिवायक चौकको सडक आसपासमा रोकेर राखेका रातो प्लेटका कारहरुलाई एयरपोर्ट जानका लागि भन्यौ । जान तयार भए तर सुर्यविनयकबाट एयरपोट पुग्न १० किलोमिटर ४ सयम मिटरको दुरी छ । एक जना कारवालालाले भने १५ सय रुपैया लाग्ने बताए अर्का कारवालाले एक हजार भने डिकाउण्ट गर्दागर्दा बल्ल ९ सय पचास सम्म झरे त्यहा भन्दा नजाने बताए ।
सूर्यविनायक चोकमा करिब १ सयका हाराहारीमा रातो प्लेटका कारहरु लाइन मिलाएर पार्किङ गरिएका छन । सबैको काम भने यात्रु ब्यक्तिगर सवारी नभएर सार्वजनिक सवारीकारुपमा महंगो भाडा असुल्ने गरेका छन । नत यी गाडीमा मिटर जडान गरिएको छ न त सरकारले रातो प्लेटको कारलाई यात्रु ओसार्ने अनुमती नै दिएको छ । दिन डालै यात्रुलाई ठगिरहदा राज्यलाई राजश्व छलिरहदा पनि प्रशासनको ध्यान कता तिर गएको छ ? यसरी सवारी नियम उल्लघन तथा सवारी परिचयपत्र जाँच गर्ने ट्राफिक प्रहरी १० मिटरको दुरीमा डयुटीमा देखिन्छन । अनि प्रहरी चेक पोष्टकै अगाडि यस्तो गैरकानुनी रुपमा कारले यात्रु ओसारी रहदा पनि नजिकै रहेको प्रहरी प्रशासन किन मौन ? हाम्रो क्यामराले देख्ने दृश्य प्रशासनको आखाले देख्न नसकेकै हो त ्?
यो त एउटा नमुनामात्र हो भक्तपुर दरवार स्क्वायरमा क्षेत्रमा त्यत्तिकै लाइनमा राखिएका छन । भने नगरकोट जानेबाटोमा पनि त्यति नै लाइनमा राखिएका छन । टयाक्सीले भ्यालीबाट बाहिर जानु पर्दा रुट परमिट लिनु पर्छ एक पटक जाने हो भने पटके काटेर जानु पर्छ तर रातो प्लेटका कारलाई भने छुट छ । त्यसैपनि सजिलो र राम्रो कमाउने ब्यवसाय बनेको छ रातो प्लेटको कार यतिबेला राजधानीमा । नियम कानुन कागज पानामा मात्र सिमित छन सक्नेले हालिमुहाली नसक्ने र गरीवका लागिमात्र कानुन बनेको छ यतिबेला ।
हेर्नुहोस भिडियोमा

Related Articles

Back to top button