साहित्य
जोरी पारि रमाउने गल्ती नहोस्
-माधब पौडेल ‘असल यात्री’
फेरि पनि देशलाई दलदलमा फसाउने गल्ती नहोस्
अभिनयले गर्दा ति जोरी पारि रमाउने गल्ती नहोस् ।
महासय भाई भुटे गवार लुटे होला हेक्का राख्ने गर्नु
हाम्रो चार किल्लाको सिमाना मिचाउने गल्ती नहोस् ।
हाम्रो कला ,हाम्रो संस्कृति हाम्रो छुट्टै पहिचान पनि
दौरा सुरवाल टोपी संग घोति सटाउने गल्ती नहोस् ।
लुम्बिनी हाम्रै हो अग्लो हिमशिखर सगरमाथा पनि हो
गिद्धे ती छिमेकीहरुको झन्डा फहराउने गल्ती नहोस् ।
बिशाल नेपाल थियो अरे पहिले हामी चित्रमा हेर्दैछौ
बाँकी भएकोलाई पनि इतिहास बनाउने गल्ती नहोस् ।
प्वाल परेको गाग्रीमा पानी भरेर के गर्न लाग्दैछन् कुन्नि
छिट्टै मर्मत गरि हाल्नु फेरि पनि चुहाउने गल्ती नहोस् ।
आफु बनाउदैन् अरुले बनाएको भत्काउछन् यिनिहरुले
यस्ता बाँदरका जातलाई भर्याङ चडाउने गल्ती नहोस् ।