राजनीति
मन्त्रीहरूको तलब सुविधा अब मन्त्रालयबाटै
काठमाडौं २५ पुस । सरकारले अब उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूलदाई सम्बन्धित मन्त्रालयबाटै तलब सुविधा खुवाउने तयारी गरेको छ। मन्त्रीहरूले हाल प्रधानमन्त्री कार्यालयबाट तलब सुविधा बुझ्दै आएको आजको राजधानी दैनिकमा समाचार छ ।
प्रधानमन्त्री कार्यालयबाट तलब सुविधा दिँदा मन्त्रीहरूले दोहोरो सुविधा लिई राज्यकोषमा थप व्ययभार पर्न थालेपछि सरकारले एकद्वार प्रणालीमार्फत सम्बन्धित मन्त्रालयबाटै मन्त्रीलाई तलब सुविधा दिने तयारी गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रीलाई प्रदान गर्ने सुविधाबापत भुक्तानी हुने रकमको वयवस्थापन सम्बन्धमा नयाँ नियम बनाउँदै एकद्वार प्रणली अपनाउन लागेको हो।
AKHABAR ONLINE TV