मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्
मोवाइलको पासवर्ड कतिको महत्वपूर्ण छ भन्ने कुरा एउटा घटनाले प्रमाणित गराएको छ । आफ्नो मोबाइलको पासवर्ड श्रीमतीलाई नदिदा श्रीमानको ज्यान गएको घटनाले प्रमाणित गरिरहेको छ । यो घटना इण्डोनेसियाको हो आफनो मोवाइलको पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् ।
इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चह यानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो ल गाइन् ।
घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले ।उनलाई केरु आक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।
AKHABAR ONLINE TV