कांग्रेसका दिवांगत दुइ नेताको नाममा रहेका दुवै अस्पताल केन्द्र सरकार मातहत रहने - Akhabaronline
राजनीति

कांग्रेसका दिवांगत दुइ नेताको नाममा रहेका दुवै अस्पताल केन्द्र सरकार मातहत रहने

काठमाडौं‌ १५ माघ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कांग्रेसका दिवांगत नेताको नाममा खोलिएका दुइ अस्पताल सरकारको माताहतमा रहने निर्ण गरेको छ । मन्त्रीपरिषदको बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो। यसअघि सरकारले नै यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो।

सरकारले कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ। कांग्रेसले सरकारको उक्त निर्णयको विरुद्धमा संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरेको थियो। यसै विषयलाई लिएर कांग्रेसले माघ २१ गते देशभर प्रदर्शन गर्ने निर्णयसमेत गरेको थियो। सरकारले उक्त्त निर्णय भने बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=JRDQuNk9I50&t=115s

 

 

Related Articles

Back to top button