महालक्ष्मी बैंकको २१ लाख कित्ता शेयर लाभांश सूचीकृत - Akhabaronline
अर्थबैंकिङ

महालक्ष्मी बैंकको २१ लाख कित्ता शेयर लाभांश सूचीकृत

काठमाडौं १५ माघ । नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको शेयर लाभांस सुचीकृत भएको छ । स्टक एक्सचेन्जमा बैँकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको हो ।
बैंकको उक्त परिमाणको शेयर लाभांश मंगलबार सूचीकृत भएको हो। जनउत्थानको २० प्रतिशत लाभांश यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् ५७ लाख ६० हजार रुपैयाँ बराबरको शेयर लाभांश दिने भएको छ।
बैंकको हाल कूल चुक्ता पूँजी दुई करोड ८८ लाख रुपैयाँ रहेको छ। यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी पाँच करोड ७६ लाख रुपैयाँको १० प्रतिशतको दरले वितरण गर्ने भएको छ।

उक्त शेयर लाभांश भुक्तानी गर्दा लाग्ने वापत तीन लाख तीन हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=JRDQuNk9I50&t=115s

Related Articles

Back to top button