‘लभ परेको छ, एकैछिन सुनिन भने बौलाहा जस्तै हुन्छु’ (यमन माझी
काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउपालिकामा जन्मेका गायक यमन माझी बहुमुखी प्रतिभाका धनी व्यक्तिका रुपमा चिनिन्छन । गायनमा मात्र उनी सिमित छैनन । उनी छायाँकन तथा अभिनयमा समेत त्यत्तिकै दख्खल छ । उनी गीत गाउनदेखि लिएर अभिनय छायाँकन तथा निर्देशन सबैमा उनी अब्बल दर्जाका रुपमा लिन सकिन्छ । क्यामेरा सम्बन्धीको टक्निकल नलेज भएका कारण परिआएको बेला क्यामरा चलाउन समेत पछि नपर्ने गायक यतिबेला फिल्ममा समेत देखिने तयारीमा छन । यमनले अभिनय गरेको चलचित्र ‘एक्स्ट्रा माया’ यहि जेठ २५ गते सबै हलहरुमा प्रदर्शनमा आउने तयारीमा छ । लागौ उनै गायक तथा नायक यमन माझीसंग अखबार अनलाइनका लागि कमल फुयाँलले गरेको कुराकानी अंश ।
हिजो आज कतातिर व्यस्त हुनुहुन्छ ?
अहिले म नयाँ गीतको तयारीमा छु । त्यसका साथसाथै म्युजिक भिडियो तथा मुभी गर्दै छु ।
कस्तो गीत ल्याउने तयारीमा हुनुहुन्छ ?
एउटा पृथक अनि छुट्टै प्रकारको गीत ल्याउने तयारीमा । तयारी गर्दै गरेको गीतचाही गहिरो प्रेममा परेर विछोड हुदाको पीडालाई शब्द र संगीत मार्पmत प्रस्तुत गर्ने जमर्को गरेको छु । प्रेमको गहिराईमा पगेर पनि केटीले छाडेर जादैमा मर्ने अवस्थामा पुग्ने केटाहरुलाई यस गीतले सन्देश दिने खालको छ ।
केही शब्दहरु सुनाउन मिल्छ कि ?
अवश्य पनि
तिमीले धोका दिदैमा पीडा बोक्दिन म
तिमीले छाडी जार्दैमा एक्लो हुदिन म
तिमीले अर्कै पाउछौ भने मैले पनि पाउछु
तिमीले राम्रो पाउछौ भने मैले पनि तिमी भन्दा राम्रो पाउछु
संगीतको क्षेत्रमा किन लाग्नु भयो ?
नेपाको कला र सस्कृतिलाई अन्तराष्ट्रियस्तरसम्म चिनाउनको लागि म गीत संगीतमा लागेको हो । नेपाली कला सस्कृतिको सरक्षण भनेकै गीत संगीतले गर्ने भएको हुदा मलाई पनि आफनो देशको कला र सस्कृतिलाई जोगाइ राखौ भन्ने सोचाइ भएका कारण नेपालको कला र सस्कृतिलाई विश्व सामु पुराउने एउटा सानो प्रयास स्वरुप म संगीतको क्षेत्रमा लागेको हो ।
विश्वसामुचााही कसरी पुराउनुहुन्छ ?
अहिलेको जमानामा टेक्नोलोजीको विकास भएको पहिलेको जस्तो गाहं्रो भएन । सबै भन्दा धेरै कला संस्कृति भएको देश हाम्रो नेपाल नै हो । देशको मौलिकतामा त्यस देशको सस्कृति झल्किने गीत संगीत गायर त्यसको सन्देश विश्वसामु पुराउने छु । अरु देशको कपि गरेर त सम्भव छैन आफनै देशको कला सस्कृतिलाई प्राथमिकता दिएको खण्डमा विश्वसामु पुराउन गाह्रो छैन ।
तपाइ गीत मात्र गाउनुहुन्छ कि अरु के गर्नु हुन्छ ?
म गीत गायन संगै मोडलिङ तथा अभिनय गर्नुका साथै निर्देशन तथा छायाँकन समेत गर्ने गरेको छु । तर गीत र मुभीको काम गर्दागर्दै समय पुग्दैन त्यही भएर तै पनि केही म्युजिक भिडियोमा मोडलिङ पनि गरेको छु । दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेको छु ।
भनेपछि मुभी पनि गर्नुहुन्छ ?
म्युजिक भिडियोसंगै मुभीमा समेत काम गरिरहेको छु । विशेष गरेर माझी भाषाको चलचित्र ‘मोङो डोङा’ मा मेरो छायाँकन र गीत संगीत रहेको छ भने अर्को चलचित्र ‘मोङो जोवान’ मा मेरो गीत रहेको छ । त्यसैगरी आगामी जेठ २५ गते हलमा आउदै गरेको चलचित्र ‘एक्स्ट्रा माया’ मा समेत अभिनय गरेको छु । सो
चलचित्र ‘एक्स्ट्रा माया’ मा कस्तो भुमीकामा दर्शकले तपाइलाई देख्न पाउने छन ?
‘एक्स्ट्रा माया’ मा मलाई राम्रै रोलमा दर्शकहरुले देख्न सक्ने छन । कस्तो रोल छ त्यो सबै भन्यो भने त दर्शकहरुले थाहा हलमा नै जानुपर्नेछ ।
‘एक्स्ट्रा माया’ कस्तो खालको मुभी हो ?
सामाजिक विषयबस्तुमा बनेको कमेडी सन्देशमुलक चलचित्र भन्न सकिन्छ ।
नाम नै ‘एक्स्ट्रा माया’ मुभीमा पनि ‘एक्स्ट्रा माया’ नै छ की ?
हो यस मुभीमा ‘एक्स्ट्रा माया’ नै छ । पछिल्लो समयका युवायुवतीको लहेलहैको माया प्रेमलाई यस चलचित्रमा चित्रण गरिएको छ । तर एक्स्ट्रा छ ।
तपाइ यस क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?
मैलो दर्शक तथा श्रोताहरुको माया पाए सदभाव पाए । हिजो यमन माझी भनेर कसैले चिन्दैनथियो आज सबैले चिन्ने भए यो नै मैले पाएको छु । अब के गुमाए भन्दा खासै मैले गुमाएको भने केही छैन । तर पनि समय अनुसार चल्न नसक्नदा केही कतै गुमाए होला ।
सेलीब्रेटी भएपछि त केटीहर पछि लाग्छन भन्छन तपाइको पछाडि चाही कति केटी छन नि ?
हा…हा…हा.. अब त्यस्तै भन्ने चाही हुदैन । सोचाइमा फरक पर्ने कुरा हो । अहिले सम्मचाही त्यस्तो भएको छैन । म अलिकति व्यस्त भएर पनि होला खासै पछि लागेका छैनन ।
तपाइको त लव परेको छ भन्ने सुनेको थिए नि ?
हो मेरो लव परेको छ । एकछिन सुन्न पाइन भने बोलाहा जस्तै हुन्छु ति मिठा संगीतका धुनहरु ।
पक्कै पनि तपाइलाई माया गर्ने मनहरु धैरै छन भनेको सुनेको छु यदी कसैले तपाइलाई डेटिङको अफर गर्यो भने के भन्नु हुन्छ ?
डेटिङ नै जानु हुदैन भन्ने होइन । तर, कसैले भनिहाल्यो भन्दैमा गइहाल्ने बानी पनि छैन । समय परिस्थिती र अवस्थाले कस्तो रुप लिन्छ त्यो भनेको त्यति बेलै थाहा हुन्छ ।
तपाइकै शब्दमा भन्नु पर्दा
मेरा मनका कुरा राख्ने अवसर दिएकोमा अखबार अनलाइनलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । साथै मेरा प्यारा दर्शक तथा श्रोताहरु जसले मेरा गीत संगीत मन पराइ दिनु भयो उहाँ हरुसबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै मेरो आउदै गरेको नया गीत र मुभी ‘एक्स्ट्रा माया’ जेठ २५ गते हलमा गएर हेर्न नभुल्नु होला ।