'मधेशमा नेपाली कांग्रेस कमजोर हुन सक्ने छ'- कपलेश्वर यादव - Akhabaronline
राजनीति

‘मधेशमा नेपाली कांग्रेस कमजोर हुन सक्ने छ’- कपलेश्वर यादव


काठमाडौं २० पुस । बामगठबन्धनसंगै भएको लोकतान्त्रिक गठबन्धन यतिबेला धरापमा परेको छ । विजयकुमार गच्छदारको लोकतान्त्रि फोरम कांग्रेससंग समायोजनमा आएपनि फोरमका बर्गीय  संगठन र संगठन हाक्ने नेतालाई सम्मानजनक स्थान नदिदा यतिबेला नेताहरुमा असन्तुष्ट चुलिदै जान थालेको छ । यसरी योग्य र क्षमता भएका व्यक्तिलाई सम्मानजनक रुपमा कांग्रेसले समायोजना नगर्दा कतै लोकतान्त्रिक गठबन्धनलाई साथ दिएको सिंगो मधेशले विद्रोह नहोला भन्न सकिन्न ।

लोकतान्त्रिक फोरमका समायोजनका जादै गर्दा फोरका भातृ संगठनलाई सम्मानजनक समायोजन नहुनु । कपलेश्वर यादव जस्ता जल्दाबल्दा युवालाई पार्टीमा स्थान नदिनुले मधेशको राजनीतिप्रति कांग्रेसले वेवस्ता गरेको नेता कपलेश यादवको ठम्माइ रहेको छ ।

देशको राष्ट्रिय राजनीति र मधेश आन्दोलनलाई कपलेश्वरले नजिकबाट निहालेका छन । समायोजनपछि नेपाली कांग्रेसका युवा नेता बनेका कपलेश्वर यादव विगतको समयमा २०६२ साल माघ २ देशमा जारी संविधानमा असन्तुष्त जनाउदै  विभेदकारी अन्तरिम संविधान भनेर गरिएको मधेश आन्दोलनमा उनकै नेतृत्वमा संविधान समेत जलाइएको थियो । त्यसबेला सिंगो मधेश आन्दोलनको नेतृत्व गरेका कपलेश्वरले बर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट र पारदर्शी ढंगले लोकतन्त्रको पक्षमा संघीयता, समावेशीकरण र मधेशबादमात्र समाजबादको असली खम्बाको रुपमा रहेको परिभाषित गरे । ‘त्यो भनेको मधेश हो, मधेशले नै वीपीले अपनाएका बाटाहरु अपनाएका छन’ ।

मधेश आन्दोलन संगै एक घटन स्थापित नेताको रुपमा परिचित भइसकेका यादव वीपीले भने जस्तै ‘सुकिला र चिल्ला गाडी चढनेहरु कहिल्यै लोकतन्त्रवादी हुन सक्दैन’ धारणा राख्छन । यसले नेपाली कांग्रेस पार्टी सुकिला मोटाघाटाले त्यो अवसरलाई गलत ढंगले प्रयोग गर्न सक्छन । हाल आएर हेर्दाखेरी वीपीको विचारलाई मधेशले सार्थकता दिएको यादवले बताए । यादवले भने ‘नेपाली कांग्रेस गरीब जनताको घरदैलोमा पुगेर गरीव जनताको पार्टी हुनुपर्छ ।’

अर्को सन्दर्भमा यादवले कांग्रेस पार्टीलाई दुइचार जना युवाले थामेको छु भनेर घमण्ड गर्नु राम्रो पक्ष नभएर हामी पनि आफनो त्याग र बलिदान दिएर यहाँसम्म आएका हौँ । त्यसैले लोकतान्त्रिक फोरमका तत्कालीन नेता विजयकुमार गच्छदार सहित जनबर्गीय संगठन लगायतलाई सम्मानजनक समायोजन गर्नुपर्नेमा जोड दिदै समयमा विवेकशिलता तरिकाले कांग्रेसमा ठुला नेताहरुलाई आग्रह समेत गरे । उनले भने ‘यदी सम्मानजनक तरिकाले समायोजन भएन भने मधेशमा नेपाली कांग्रेस कमजोर हुन सक्ने छ ।’

को हुन कपलेश्वर ?
विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकको भातृ संगठन लोकतान्त्रिक विद्यार्थी फोरमका सभापति रहेर १० बर्षसम्म विद्यार्थी संगठनमा काम गरेको । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेर संगठन विस्तार गरेको । २०६२ साल माघ २ गते अन्तरिम संविधान जलाउदा उनी जेल गएका थिए । त्यसैगरी संघीयताको आन्दोलनको नेतृत्व कपलेश्वरले नै गरेका थिए । त्यसका साथै मधेश आन्दोलनको एक नेतृत्वकर्ता पहिलो विद्यार्थी नेताका रुपमा कपलेश्वर यादव चिनिन्छन ।

Related Articles

Back to top button