एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ - Akhabaronline
समाचार

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ

कास्की । एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति पोखरा महानगरपालिका ६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button