एप्पलले एकसाथ ल्यायो आइफोन एक्स, आइफोन ८ र ८ प्लस - Akhabaronline
प्रविधि

एप्पलले एकसाथ ल्यायो आइफोन एक्स, आइफोन ८ र ८ प्लस

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् ।
आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् ।

एप्पल प्रमुख कार्यकारी टीम कुकले गएराती एप्पल मुख्यालयमा आयोजित बिशेष कार्यक्रममा यी तीनवटै मोडल सार्वजनिक गरे ।
यस्तो छ आइफोन एक्स
आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५।८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ ।
 
आइफोनमा १० मा अनुहार चिन्ने प्रबिधि( फेस आइडी पनि समावेश छ । अब आइफोनले तपाइको अनुहारलाई पासवर्ड मान्ने छ र आफ्नो फोन खोल्न तपाइले अनुहार देखाउनुपर्ने छ । एप्पलको दावी छ कि, तपाइले गग्स लगाएको भए पनि र ह्याट लगाएको भए पनि आइफोनले तपाइको अनुहार चिन्न सक्छ ।
यो फोनमा होम बटन हटाइएको छ । त्यसको विकल्पको रुपमा डेफ्थ सेन्सर भएको फ्रन्ट क्यामेरालाई अगाडी सारिएको छ ।
आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । आइफोन ७ मा भन्दा झण्डै दुई घण्टा ब्याट्री लाइफ यसमा बढी छ ।
आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ भने स्पेश ग्रे र सिल्भर गरी दुई कलरमा उपलब्ध हुने छ ।
६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हूने छ । यसको मतलव यो फोन नै अहिलेसम्मको सवैभन्दा महंगो आइफोन हो । आइफोन १० को प्रि बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।

Related Articles

Back to top button