एम्बिसन एकेडेमीमा एकल नृत्य प्रतियोगिता - Akhabaronline
मनोरञ्जन

एम्बिसन एकेडेमीमा एकल नृत्य प्रतियोगिता

काठमाडौ १९ मंसिर । राजधानीको बानेश्वर स्थित एम्बिसन एकेडेमीमा यही २०७९ मङ्सिर १६ गते शुक्रबारका दिन अन्तर विद्यालयीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एम्बिसन एकेडेमी तथा एम्बिसन फ्रेन्ड्स् अफ जू इको क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका २४ जना विद्यार्थीले आफ्नो एकल नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक भवानी नेपालले उद्घाटन सत्रको कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समापन सत्रको कार्यक्रम अर्का शिक्षक गोविन्द पाण्डेयले सञ्चालन गर्नुभएको थियो ।
विद्यालयका संयोजक खगेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एम्बिसन कलेजका प्राचार्य विष्णुकुमार घिमिरे तथा निर्णायकद्वय प्रख्यात नृत्यनिर्देशक अनिल भुजेल र सोनु लामाले अतिथिको आसन ग्रहण गर्नुभएको थियो । साथै सेन्ट लरेन्स स्कुलका शिक्षक कविता ढकाल, सिभिएम सेकेन्डरी स्कुलका शोभा भट्टराई, लिबर्टी एकेडेमीका छिरिङ लामा पनि अतिथि रुपमा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रगानसँगै सुरु भएको कार्यक्रममा एम्बिसन फोज इको क्लबकी अध्यक्ष प्रविज्ञा नेपालले स्वागत मन्तव्य र एम्बिसन एकेडेमीका नृत्यनिर्देशक चूडामणि फुँयालले नृत्य प्रतियोगिताका नियममार्फत प्रतियोगीको ध्यानाकर्षण गराएपछि प्रतियोगिता प्रारम्भ भएको थियो ।

सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा पहिला जुनियर समूहका प्रतियोगीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरका थिए भने त्यसपछि सिनियर प्रतियोगीले आफ्नो नृत्य देखाएका थिए । जुनियर समूहतर्फ लिबर्टी स्कुलकी छात्रा लुना लामा विजेता भइन भने एकलव्य स्कुलकी कृतिका कटवाल फस्ट रनर अप, बायोका स्कुलकी समीक्षा तामाङ सेकेन्ड रनर अप र सेन्ट लरेन्स् स्कुलकी सोनु लामा तथा सिभिएम स्कुलकी दिप्सना देवकोटा थर्ड रनर अप भए ।
त्यसैगरी सिनियर समूह तर्फ महान् सिद्धार्थ स्कुलकी सुस्मिता थोकर विजेता भइन, सिभिएम स्कुलकी टुलिप श्रेष्ठ फस्ट् रनर अप, लिबर्टी स्कुलकी कुनसाङ ह्योल्मो सेकेन्ड रनर अप र महान् सिद्धार्थ स्कुलकी निहारिका लोहार र विद्या सदन स्कुलकी लुनिभा शाक्य थर्ड रनर अप भए ।
उत्कृष्ट प्रतियोगीलाई अतिथि विष्णुकुमार घिमिरे, कार्यक्रमका अध्यक्ष एवम् निर्णायकहरूले नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभयो भने सम्बन्धित विद्यालयलाई ट्रफी प्रदान गर्नुभएको थियो । अन्य प्रतियोगीहरूलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । अतिथि तथा निर्णायकहरूलाई विद्यालयका तर्फबाट मायाको चिनो प्रदान गरेसँगै कार्यक्रमका अध्यक्ष विद्यालयका संयोजक खगेन्द्र नेपालको धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Related Articles

Back to top button