काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा २ जना अपहरणकारी मारिए - Akhabaronline
मुख्य खबरसमाचार

काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा २ जना अपहरणकारी मारिए

काठमाडौं २१ श्रावण । काठमाडौंको काँडाघारीबाट आइतबार अपहरणमा परेका सिन्धुपाल्चोकका ११ बर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन । अपहरणमा परेका खडको खोजी गर्ने क्रममा भक्तपुरमा निर्माणाधिन एक घरको जगमा शव फेला परेको थियो ।
साथै खोजीकै क्रममा रहेको प्रहरीको इन्काउन्टरमा सूर्यविनायक नगरपालिका ८ को पाइलट बाबाको आश्रममा जाने बाटोमा इन्काउन्टर हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार बालकको अपहरण गरेर आमा चमेली खड्कासँग ४० लाख फिरौती माग गर्ने समूहकै दुईजनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो । मृत्यु हुनेमा गोपाल तामाङ र अजय तामाङ भएको प्रहरीले जनाएको छ ।

भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको सिंहले जानकारी दिए । अपहरणकारीले बोकेको मोवाइल र गोलीसमेत प्रहरीले इन्काउन्टरमा मृत्यु भएका दुईजनाको साथबाट बरामद गरेको जनाएको छ ।

Related Articles

Back to top button