Breaking News अवलोकन भ्रमण गरेर फर्कदै गरेको बस दुर्घटना हुदा ९ जना विद्यार्थीको मृत्यु - Akhabaronline
Highlightमुख्य खबरसमाचार

Breaking News अवलोकन भ्रमण गरेर फर्कदै गरेको बस दुर्घटना हुदा ९ जना विद्यार्थीको मृत्यु



दाङ ६ पुस । दाङमा विद्यार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्य्ु भएको प्रहरीले जनाएको छ । सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको हो ।

३१ जना सवार बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–कपुरकोट सडकखण्डको राम्रीका बाटोमा ५ सय मिटर तल खोल्सामा खसेको छ।
प्रहरीका अनुसार दुर्घटनामा ९ल जनाको मृत्यु हुनुका साथै चार जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=_oW-rjzXfN4



Related Articles

Back to top button