बुनपा ११ मा नेकपा एकीकृत समाजवादीका शसक्त उम्मेदवार चुनावी मैदानमा - Akhabaronline
Uncategorizedराजनीति

बुनपा ११ मा नेकपा एकीकृत समाजवादीका शसक्त उम्मेदवार चुनावी मैदानमा

काठमाडौ १३ बैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडाँ ११ को वडाध्यक्षमा विमला लामा सहितको टोलीले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । नेकपाका वडा सदस्य समेत रहेका विमल लामा सहित महिला सदस्यमा रेणुका पराजुली, दलित महिला सदस्य सुस्मिता परियार सदस्य गणेश पौडेल तथा सूर्यबहादुर लामाले उम्मेदवारी दर्ता गराएका हुन ।
बुढानिलकण्ठ ११ मा एकीकृत समाजवादीको तर्फबाट शसक्त युवा नेतृत्व सहितको समूहले निर्वाचन कार्यलयमा उम्मेदवारी दर्ता गराएसंगै चुनावी अभियानमा लागेको छ । वमला लामाको समुहमा जागरुक, शसक्त अनि स्थानीय स्तरमा जनतासंग घुलमिल भएका ब्यक्तिहरुलाई एकीकृत समाजवादीले उम्मेदवार तय गरेको छ । नेकपा एकजुट हुदा विमल लामा वडा समिति सदस्यमा रहेर जनताको काम, टोलटोलमा विकास तथा सामाजिक काममा सक्रिय रहदै आएका थिए । उनी पैँयाटार युवा क्लवमा पूर्व अध्यक्ष पनि हुन । क्लबमा अध्यक्ष रहदाका बेला वडा न ११ मा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी युवाहरुलाई एकीकृत गर्ने काम गरेका कारण अधिकांश युवाहरु विमल लामाको पक्षमा देखिएका छन ।
विमल लामाको टिममा शसक्त युवा महिला नेतृको रुपमा परिचित रेणुका पराजुली महिला सदस्यको उम्मेदवार रहेकी छन । पार्टी संगठनमा निरन्तर अघि बढेकी, मिलनसार सबैले रुचाएकी महिला नेतृका रुपमा रेणुका पर्दछिन । विमल लामाको समूहमा महिला सदस्यको उम्मेदवार बनेकी रेणुका शिक्षित तथा स्थानीय महिलाहरुको नेतृत्व लिन सक्ने सबैलाई मिलाएर साथमा साथ हातमा हात मिलाएर अगाडि बढाउन सक्ने क्षमतावान महिलाका रुपमा परिचित छन । सामाजिक काममा खटिएका कारण यस पालिको निर्वाचनमा रेणुकालाई स्थानीयले भारी मत दिने संकेत देखिएको छ ।
त्यसैगरी दलित महिला सदस्य सुस्मिता परियारको पनि समाजमा राम्रै छाप रहेको छ । त्यसैगरी गणेश पौडेल र सूर्यबहादुर लामाको योगदान स्थानीयमा गर्भिलो बनेको छ ।

Related Articles

Back to top button