चम्पादेवी गाउपालिका अध्यक्ष कप हुदै, भलिबलदेखि राष्ट्रिय स्तरका कलाकारको समेत बेजोड प्रस्तुती हुने - Akhabaronline
खेलकुद

चम्पादेवी गाउपालिका अध्यक्ष कप हुदै, भलिबलदेखि राष्ट्रिय स्तरका कलाकारको समेत बेजोड प्रस्तुती हुने

ओखलढुंगा १२ फागुन । ओखलढुंगा चम्पादेवी गाउपालिकाले बृहत कार्यक्रमका साथ गाउपालिका अध्यक्ष कप आयोजना गरेको छ । पालिकाले आगामी फागुन १९ गते देखि फागुन २२ गतेसम्म विभिन्न कार्यक्रम सहित गाउपालिका अध्यक्ष कप आयोजना गरेको हो । कार्यक्रममा अन्तर स्थानीय तह स्तरीय खुल्ला भलिवल घोडा दौड लगायत पालिका स्तरीय दर्जनौ खेलहरु राखिएका छन । भलिबल प्रतियोगिताका विजेता प्रथमलाई २ लाख द्धितीयलाई १ लाख ५० हजार र तृतीय लाई एक लाख नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको गाउपालिकाका अध्यक्ष नवराज केसीले बताए । केसीका अनुसार भलिवल र घोडा दौड प्रतियोगीता जो कोही पनि भाग लिन पाउने बताए । घोडा दौड प्रतियोगिताका विजेता प्रथमलाई ४० हजार द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
त्यसैगरी चम्पादेवी गाउपालिका स्तरीय खेलहरुमा १०० मिटर पुरुष दौड, गोरु जुधाइ, तान डोरी, लोकदोहोरी, जीवनसंगिनी बोकेर दौडने, बोका झिक्ने, बालन भजन, झाकी नाच, महिलाहरुका लागि म्युजिकल चेयर, घैटो फोर जस्ता प्रतियोगिता हुने प्रचारप्रसार संयोजक इन्द्र केसीले बताए । केसीका अनुासर १०० मिटर पुरुष दौड प्रतियोगिताका विजेता प्रथम १० हजार द्धितीयलाई ५ हजार र तृतीयलाई ३ हजार र सान्त्वना पुरस्कार २५ सय नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी गोरु जुधाइ प्रतियोगिताका विजेता प्रथमलाई ३० हजार द्धितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी तानडोरी प्रतियोगिताका विजेता प्रथमलाई २० हजार द्धितीयलाई १० हजार र तृतीयलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने लोकदोहोरी प्रतियोगिताका विजेता प्रथमलाई १५ हजार द्धितीयलाई १० हजार र तृतीयलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी जीवनसंगिनी बोकेर दौडने खेलका विजेता प्रथमलाई ७ हजार द्धितीयलाई ५ हजार र तृतीयलाई ३ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । यस प्रतियोगितामा सहभागी भइ जीवनसंगिनी बोकेर १०० मिटर क्रस गर्ने जोडीले समेत रु १ हजार नगर पुरस्कार पाउने छन । त्यसैगरी बोका झिक्ने खेलका विजेताले रु १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने छन । बालन भजनमा सहभागी भइ विजेता प्रथमलाई १० हजार द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी झाकी नाचका विजेता प्रथमलाई १० हजार द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजार नगद सहित  मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै म्युजिकल चेयर महिला विजेता प्रथमलाई ७ हजार द्धितीयलाई ५ हजार र तृतीयलाई ३ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै पालिका भित्रका महिलाहरुका लागि घैटो फोर खेलका विजेता १ जनाले ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने संयोजक केसीले बताए । कार्यक्रममा प्याराग्लाइडिङका साथै राष्ट्रिय स्तरका कलाकार प्रिती आले, बालकुमार श्रेष्ट लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रतियोगिता वडा ९ स्थित डलीडाडामा रहेको श्री चम्पादेवी खेलमैदानमा हुने जनाइएको छ । उक्त खेल मैदान नेपालकै उच्च स्थानमा रहेको ठुलो खेलमैदानका रुपमा लिइन्छ ।

Related Articles

Back to top button