माझी समुदायको कथामा आधारित चलचित्र ‘छाल’ को छायाँकनको तयारीमा, कलाकारको छनौट हुदै - Akhabaronline
मनोरञ्जन

माझी समुदायको कथामा आधारित चलचित्र ‘छाल’ को छायाँकनको तयारीमा, कलाकारको छनौट हुदै

काठमाडौ ।  माझी सस्कृतिमा आधारित चलचित्र ‘छाल’ निर्माण हुने भएको छ । लामो समयदेखि माझि चलचित्र निर्माण तथा निर्देशन गर्दै आएका सुन्जित माझीले उक्त चलचित्र निर्माण गर्न लागेका हुन ।

माझी जातीको भाषा कला र सस्कृतिलाई जोगाइ राख्नको लागि निरन्तर चलचित्र तथा म्युजिक भिडियो निर्माणमा लागेका माझीले यस अघि ‘मोङगो डोङगा’ , ‘मोङगो डोङगा२’ र नाखर जस्ता चलचित्र निर्माण गरिसकेका छन ।

माझी समुदायबाट सबैभन्दा धेरै चलचित्र निर्माण गर्ने निर्माता तथा निर्देशकका रुपमा सुन्जित पहिलो ब्यक्ति बनेका छन । उनले हालसम्म ३ वटा चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छन । माझी समुदायमा चलचित्र निर्माण गर्ने ब्यक्ति कमै छन । त्यो पनि समुदायकै कथामा निर्माण गर्ने ब्यक्ति कोही छैनन ।

उनले निर्माण गरेको मोङगो डोङगा’ पुरै माझी भाषामा माझी संस्कारमा आधारित चलचित्र हो भने ‘मोङगो डोङगा२’ माझी समुदायको भाषा सस्कारमा आधारित नेपाली तथा माझी भाषा मिश्रित चलचित्र हो । तेश्रो मुखी नाखर चलचित्र माझी समुदायकै सस्कार सस्कृति तथा माझी भाषामा निर्माण गरिएको चलचित्र हो ।
निरन्तर रुपमा माझी समुदायको कथामा चलचित्र निर्माण गर्दै आएका सुन्जितले चौथो चलचित्रको रुपमा ‘छाल’ निर्माण गर्न लागेका हुन ।

चलचित्र ‘छाल’ लाई छायाँकनको तयाँरीमा जुटिरहेका छन । चलचित्र रामेछाप सिन्धुली काभ्रे लगायतका स्थानमा छायाँकन गरिने चलचित्रका निर्देशक सुन्जितले बताए । चलचित्रको कथा लेखन लोकेशन छनौट जस्ता कामहरु सम्पन्न भएका छन । चलचित्रमा कलाकारहरुको छनौट गर्ने काम भइरहेको छ केही नयाँ कलाकारहरु छनौट गर्न बाँकी रहेको उनले बताए । चलचित्र केही दिनमा नै फ्लोरमा जाने तयारी भइरहेको जनाएका छन ।

 

Related Articles

Back to top button