चिसंखुगढी वडा न १ ले नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउदै, कसले कति पाउछन भत्ता - Akhabaronline
समाचार

चिसंखुगढी वडा न १ ले नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउदै, कसले कति पाउछन भत्ता

श्रावण मसान्तभित्र नविकरण गर्न वडाध्यक्षको आग्रह

ओखलढुंगा २४ श्रावण । ओखलढुंगाको चिसंखुगढी गाउपालिका वडा १ ले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउने भएको छ । वडाध्यक्ष उषक कटवालका अनुसार सामाजिक सुक्षा भत्ता वितरण कार्यविधि, २०७७ का अनुसार वडामा मापदण्ड पुरा गरेका नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने र सामाजिक सुरक्षा भत्ता पाउनका लागि यस अघि पाएकाहरुले पुन नविकरण गर्नु पर्ने कार्यविधिमा उल्लेख भए अनुसार यही श्रावण मसान्त भित्र नविकरण गरिसक्नुपर्ने अध्यक्ष कटवालले बताउनुभयो ।

वडाभित्रका मापदण्ड पुरा गरेका नागरिकले भत्ता पाउनबाट बन्चित हुन नपरोस भन्दै अध्यक्ष कटवालले सुचना जारी गरेका हुन । सामाजिक सुक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था एवं भत्ता रकम निम्नासार उल्लेख गरिएको छ । जस अनुसार जेष्ट नागरिकको हकमा दलित भएको खण्डमा ६० वर्ष पुगेको र अन्यको हकमा ६८ वर्ष पुगेको हुनुपर्ने छ । यो मापदण्डमा परेका जेष्ठ नागरिकले मासिक ४००० सामाजिक सुरक्षा भत्ता पाउने छन ।

त्यसैगरी एकल महिलाको हकमा विवाह नगरी बसेका तथा विवाह गरेका तर सम्बन्ध बिच्छेद भएका ६० वर्ष पुगेका महिलाले पनि मासिक २६६० सामाजिक सुरक्षा भत्ता पाउनेछन । तर त्यस्ता महिलाले सामाजिक सुरक्षा भत्ता लिइरहेका महिलाले विवाह गरेको खण्डमा भने भत्ता लगत स्वत काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । त्यसैगरी विधवा महिलाको हकमा पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला भएमा मासिक २६६० प्राप्त गर्न सक्नेछन । साथै उनिहरुको विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वतस्काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

त्यस्तै पूर्ण अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु भएको खण्डमा मासिक ३९९० पाउनेछन । अति अशक्त अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुले २१२८ प्राप्त गर्नेछन ।

त्यसैगरी पाँच वर्ष उमेर ननाघेका तर दलित समुदायका एक आमाका बढीमा २ बालबालिकाले ५३२ रुपैया प्राप्त गर्नेछन । साथै लोपोन्मुख आदिवासी जनजातीले ३९९० रुपैया प्राप्त गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button