चलचित्र ‘चोलीको तुना’को टेलर सार्वजनिक, विहेको जग्गेमै अर्जुन खड्कामाथि प्रहार
काठमाडौ २८ श्रावण । चलचित्र चोलीको तुनाको टेलर सार्वजनिक भएको छ । सामाजिक कथाबस्तुमा सुस्मिता फिल्मको ब्यानरमा राजेन्द्र ढकाल (राहुल) द्धारा निर्माण गरिएको उक्त चलचित्रको टेलर शुक्रबार सार्वजनिक गरिएको हो । राजेन्द्र ढकाल (राहुल) ले यस चलचित्रको निर्देशन गरेका हुन ।
चलचित्रमा अर्जुन खड्का, सन्जु भट्टराइ, साजन सुवेदी, सिर्जना केसी, राजेन्द्र अधिकारी, दिपक अधिकारी, बलराम अधिकारी, शशी कार्की, सिता भुषाल लागयतका कलाकारले अभिनय गरेका छन । चलचित्रलाई दिपक अधिकारीको छायाँकन गरेका हुन । अर्जुन खड्काको सम्पादन तथा गम न्यौपाने गीत तथा संगीत चलचित्रमा रहेको छ ।
चलचित्रमा माया प्रेम लाई समेटिएको चलचित्रका निर्माता तथा निर्देशन राजेन्द्र ढकाल बताउछन । निर्माता निर्देशक ढकालका अनुसार गाउले लभस्टोरीमा बनेको र यस चलचित्रको छायाँकन पोखरा गोरखा लगायतका स्थानमा छायाँकन गरिएको बताएका छन । केही दिन अघि चलचित्रको शिर्ष गीत सार्वजनिक भएको थियो । केही समयपछि चलचित्रलाई समेत सार्वजनिक गर्ने तयारी रहेको निर्माता राजेन्द बताउछन ।
शहरीया परिवेश भन्दा पनि गाउले परिवेशलाई चलचित्रमा कथा बस्तु बनाइएको निर्माण पक्षले जनाएको छ । चलचित्र छिट्टै युटयुव च्यानलमा आउने जनाएको छ ।