ईमर्जिङ नेपालको विगत र बर्तमान, यस्तो अवस्था - Akhabaronline
अर्थ

ईमर्जिङ नेपालको विगत र बर्तमान, यस्तो अवस्था

कम्पनी विश्लेषण

कम्पनी परिचय

इमर्जिङ्ग्ग नेपाल लिमिटेड सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा प्रचलित कानून बमोजिम २०७२ साल श्रावण ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भै मिति २०७२/१२/२६ गते देखि कम्पनी ऐन, २०६३ अन्तर्गत काम-कारोबार गर्दै आइरहेको छ ।

कम्पनी स्थापना गर्नुको मुख्य उद्धेश्य आधारभूत संरचनाको ढाँचा, उद्योगलाई प्रोत्साहान र व्यवस्थापन उन्मुख व्यापारलाई प्रोत्साहान गरी नेपाललाई उन्नति तर्फ अघि बढाउनु रहेको छ । यो कम्पनीको लक्ष्य राष्ट्रिय प्राथमिकताको क्षेत्र जस अन्तर्गत पूर्वाधारको रुपमा रहेको, यातयात, संचार, उर्जा लगायत उद्योग, पर्यटन, स्वास्थ्य, यातायात, कृषि, वित्तीय र अन्य आधिकारिक रुपमा महत्वपुर्ण योजनाहरुमा लगानी गर्नु हो । कम्पनीले विभिन्न पब्लिक लिमिटेड कम्पनीहरु, पूर्वाधार विकास सम्बन्धित कार्य गर्ने कम्पनीहरुमा लगानी गर्ने गरेको छ ।

हाल कम्पनीले होटल एलिस द वोंदर इन् मिनितेद, केयर रेटिङ्ग (नेपाल)  लिमिटेड, नेपाल इनफ्रास्ट्रक्चर बैंक लिमिटेड, बि.एफ.आइ.एनमा लगानी गरेको छ ।

पूँजी विवरण

कम्पनीको अधिकृत पूँजी पाँच अर्व रहेको छ । कम्पनीको जारी पूँजी पचपन्न करोड छपन्न लाख रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी पचास करोड चालिस हजार रहेको छ र आईपिओ निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी पचपन्न करोड छपन्न लाख हुने छ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ९० प्रतिशत र १० प्रतिशत रहने छ ।

आधारभुत शेयरधनीहरुको विवरण

कम्पनीमा झन्डै ४ दर्जन आधारभुत शेयरधनी रहेका छन् । कम्पनीको संस्थापक शेयरधनीमा पूर्व डेपुटी गभर्नर, बैंकका पूर्व सीइओ, नेपाल सरकारका पूर्व सचिव, बैंक तथा वित्तीय संस्था र बीमाका पूर्व संचालक तथा सीइओ, बैंकर, उद्योगी व्यवसायी, पूर्व सांसद, लगायत रहेका छन् ।

Related Articles

Back to top button