नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन, को को समेटिए ? - Akhabaronline
मुख्य खबरराजनीति

नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन, को को समेटिए ?

काठमाडौ १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा। नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एन.पी. साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

यसबाहेक नेपाली कांग्रेसको विधानअनुसार वर्तमान पदाधिकारी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन रहेका छन् ।

Related Articles

Back to top button