नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न - Akhabaronline
मनोरञ्जन

नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौ २९ श्रावण । नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अवसरमा नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटीद्वारा अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता २०७९ साउन २७ गते शुक्रवार नयाँ बस्तीमा अवस्थित टाइमलाईन स्कुलमा सम्पन्न भएको छ।
नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष बाबू सेन्चुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगर पालिकाका नगर प्रमुख दिपक रिसाल रहनु भएको थियो ।

विशेष अतिथिमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ ,टाइम लाईन स्कुलका प्रिन्सिपल राम प्रसाद वडाल रहनु भएको थियो । अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका बरिस्ठ केन्द्रीय उपाध्यक्ष प्रदिप मान श्रेष्ठ ,महिला केन्द्रीय उपाध्यक्ष भावना कार्की ,केन्द्रीय सचिव ऋषि केश श्रेष्ठ ,केन्द्रीय सह(कोषाध्यक्ष केशव कोईराला तथा भक्तपुर जिल्ला शाखाको उपाध्यक्ष नारायणी थापा मगर रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाका सचिव तथा कार्यक्रम संयोजक देवराज गुरुङले करिब १३० वटा नृत्यको डिजिटल अडिसन बाट राष्ट्रिय गीतमा नृत्य ,बाल गीतमा नृत्य ,थारु ,नेवारी ,दोहोरी ,टप्पा ,छलिया,तामाङ सेलो,गुरुङ,झ्याउरे,मारुनी,साकेला र हुड्केली विधा बाट तीन तीन समूह लाई फाईनल चरणमा प्रवेश गरेको कुरा कार्यक्रम संयोजक देवराज गुरुङ्ले जानकारी गराउनु भयो।

अन्तर बिद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगितामा विभिन्न बिधाका फाइनलिष्ट बिजेताहरु निम्न प्रकार रहेको छ।

राष्ट्रिय गितमा नृत्य

प्रथम : किल्टन स्कुल
द्वितीय :  प्रारम्भ एकेडेमी
तृतिय :  बिभुती पाठशाला

बाल गितमा नृत्य

प्रथम : पद्म चक्र स्कुल
द्वितीय : बाल गिताञ्जली स्कुल
तृतिय : एप्पल सिड्स स्कुल

तामाङ सेलो नृत्य

प्रथम : कान्तिपुर एकेडेमि
द्वितीय :  लिम्पिया स्कुल एण्ड कलेज
तृतिय : अल्पाइन एकेडेमी

गुरुङ नृत्य

प्रथम : जुगल नवगुरुकुल
द्वितीय :  महेन्द्र भवन स्कुल
तृतिय : न्यु बुद्ध प्रकाश

झ्याउरे नृत्य

प्रथम : टौदह मा। वि।
द्वितीय: एशियाली तारा पुञ्ज
तृतिय:तीरुपति स्कुल

मारुनी

प्रथम : जोसेफ इन्टरनेसनल स्कुल
द्वितीय: वालबाटिका स्कुल
तृतिय: वोन स्काई लार्क

साकेला

प्रथम :हाइलि क्रिएटिभ
द्वितीय : रिलायन्स ई।एकेडेमी
तृतिय:

हुड्केली

प्रथम : आकाश दिप
द्वितीय:फेरिल्यान्ड
तृतिय:जोसेफ हाई स्कुल

थारु

प्रथम : एम्विसन एकेडेमी
द्वितीय: एकलव्य शिक्षा सदन
तृतिय:बायोका कम्युनिटी स्कुल

नेवारी

प्रथम : माउन्ट भ्यु स्कुल
द्वितीय: बिध्या आर्जन स्कुल
तृतिय: इम्मान्युयल स्कुल

दोहोरी नृत्य

प्रथम : सेन्ट जोन स्कुल
द्वितीय: टाइमलाइन स्कुल
तृतिय: सुनौलो भविस्य

टप्पा नृत्य

प्रथम : बिपुल शिक्षा सदन
द्वितीय:चार्स डार्विन स्कुल
तृतिय:काठमाडौं बिद्या मन्दिर

छलिया नृत्य

प्रथम : बाल शृजनालय स्कुल
द्वितीय: साम्तेन मेमोरियल स्कुल
तृतिय: ग्राण्डी स्कुल

बिजेता सम्पुर्ण विद्यालयहरुलाइ कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथी तथा नृत्य निर्देशक संघ नेपालका काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, नगर कमिटिका पदाधिकारी तथा विभिन्न संघ सस्थाका पदाधिकारिहरुले संयुक्त रुपमा ट्रफी तथा सर्टिफिकेट प्रदान गरिएको थियो

गोकर्णेस्वर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्लाको अध्यक्ष बुद्द लामाले स्थानिय निर्वाचनमा चौरिदेउराली गाउँपालिका काभ्रे वडा न। १ सानो बाङ्थली बाट वडा सदस्यमा निर्वाचित हुनुभएकोमा सम्मान साथै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठज्युको जन्मोत्सवको अवसरमा सरप्राइज केक काटेर जन्मदिन मनाएको थियो।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्लाको अध्यक्ष चुडामणि फुयालले सञ्चालन गरेको कार्यक्रमलाइ समापन गर्दै कार्यक्रमका सभापती बाबू सेञ्चुरिले कार्यक्रम सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने नृत्य निर्देशक, सहभागि बिध्यालय, हल उपलब्ध गराउनुहुने टाइमलाइन स्कुल, मिडियाकर्मी, स्वयंसेवकमा सहयोग गर्नुहुने ग्रीन आर्मिका पदाधिकारीहरु तथा सम्पुर्ण अन्य सहयोगि सस्थाहरुलाइ बिशेष धन्यबाद दिनुभएको थियो।

Related Articles

Back to top button