प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने - Akhabaronline
मुख्य खबरराजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेपाल टेलिभिजनले लाइभ गर्ने सम्बोधनमा देउवाले देशको राजनीतिक र सरकारका गतिविधिबारे जानकारी गराउने बताइएको छ । सरकारको ६ महिने कामको जानकारी तथा कोरोना महामारी लगायत बिषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

Related Articles

Back to top button