दिनेश माङ्मुको निर्देशनमा ‘भेटनलाई आएँ’ (भिडियो सहित) - Akhabaronline
मनोरञ्जन

दिनेश माङ्मुको निर्देशनमा ‘भेटनलाई आएँ’ (भिडियो सहित)

काठमाडौ २३ श्रावण । लामो समयदेखि नृत्य निर्देशकका रुपमा काम गर्दै आएका दिनेश माङमु लिम्बुको निर्देशनमा ‘भेटनलाई आए’ बोलको गीतको भिडियो बजारमा आएको छ । दिनेशले दर्जनौ गित तथा चलचित्रका गीतमा नृत्य निर्देशन तथा कोरियोग्राफी गरिसकेका छन ।
दिनेश लामो समयदेखि विभिन्न समुदायको कल्चरलाई अध्यायन गरि रहेका छन  । कुन कल्चरमा कस्तो नृत्य प्रस्तुत हुन्छ भन्ने कुराको ज्ञान लिन र आफुले जस्तो सुकै गीतको पनि कोरियोग्राफी गर्न सहज हुने भएकोका कारण आफुले विभिन्न समुदायका ब्यक्तिहरुको कल्चर अध्यायन गरेको बताउछन ।
भर्खरै सार्वजनिक भएको ‘भेटनलाई आए’ बोलको गीतले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । गीतमा चर्चित मोडल निरन्जली लामाको अभिनय देख्न सकिन्छ । निरन्जलीको साथमा किशोर सम्बाहाम्फे, आरबी थाङदेन, सोनु थक्लेन र दिपेन लावतीको अभिनय समेटिएको छ । गीतको मर्मलाई कथामा उतारिएको छ । पुर्वेली भाकालाई निकै आकर्षक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा भिषण राइ र मेलिना राइको आवाज रहेको छ । भिषण राइको संगीत रहेको उक्त गीतलाई युवराज राइले छायाँकन गरेका हुन । तारा थापाको सम्पादनमा दिनेश माङमु लिम्बुको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
गीतको भिडियो निकै आकर्षक बनेको छ ।
भिडियो

Related Articles

Back to top button