मंसिर ४ मा निर्वाचन : विहिबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने - Akhabaronline
मुख्य खबरराजनीति

मंसिर ४ मा निर्वाचन : विहिबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने

काठमाडौ १८ श्रावण । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि (बिहीबार)  बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताले भने, ‘‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

Related Articles

Back to top button