भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक - Akhabaronline
मनोरञ्जन

भारतीय गायक अनुग्रहको ‘नशा’ सार्वजनिक

खोटाङ ३ माघ । अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो सार्वजनिक भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्ध गायक अनुग्रह विष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिङ मुम्बईको बी।बी।जे। स्टुडियोमा भएको थियो ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक विकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् ।

भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।

संगीतकार भुसालले फिल्म ‘जदौ’ मा समेत संगीत दिएका छन् ।

Related Articles

Back to top button