Uncategorized
फिल्मकर्मी र मेयर बालेशन शाहबीच भेट, कर छुटको प्रस्ताव
काठमाडौं २८ असार । काठमाडौ महानगरपालिकाका मेयर बालेन साह र फिल्मकर्मीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटमा कल्याणकारी कोष,मनोरञ्जन कर साथै डिजिटल बोर्ड लगायतका विषयमा कुराकानी भएको थियो।
छलफलमा मनोरञ्जन करमा २ प्रतिशत छुट, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सहयोग गर्न र कल्याणकारी कोषको रकम बृद्धि गर्नुपर्ने माग गरेको मेयर साहको सचिवालयले जनाएको छ।
छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत उपस्थित थिए। मेयर साहले आफू निर्वाचित भएसँगै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए।