स्वर्गीय हेमुको सम्झनामा लेखिएको गीत सार्वजनिक
स्वर्गीय हेमन्तकला थुलुङको सम्झनामा लेखिएको गीत सार्वजनिक गरिएको छ । सोलुखुम्बु जिल्लाको देउसामा जन्मेकी हेमन्तकला थुलुङ विश्व महामारीका रुपमा पैmलिएको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको थियो । लाउलाउ खाउखाउको उमेरमा नै मृत्युवरण गरेकी हेमन्तकलाको स्मरणहरु जीवन्त रहिरहुन भन्ने चाहना स्वरुप तयार पारिएको गीत तथा भिडियो सार्वजनिक गरिएको हो । काठमाडौको चावहिलस्थित सत्कार क्याफेमा विशेष कार्यक्रमको आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा टिका चाम्लिङको शब्द, जसिहव राइको संगीत तथा बिजय राइको स्वर रहेको छ ।
कार्यक्रमा ढुण्डीराज अधिकारी, आशकुमार राई, जिमी राइ उत्थान समाजका सल्लाहकार इन्द्र कुबिर राई, जिमी राइ उत्थान समाजका केन्द्रिय सदस्य केशव थुलुङ राई युवा व्यवसायी लालकुमार थुलुङ, प्रभाव दैनिककी अध्यक्ष लालसरा राई, मुन्धुम स्टार सुमन बाङदेल, गीतका संगीतकार जसिहव थुलुङ लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै ढुण्डीराज अधिकारीले हेमन्तकलाको अल्पआयुमा नै मृत्युवरण भएपनि गीतले अमरत्व प्रदान गरेको र त्यो अमरत्व जोगाउने परिवारको महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै परिवार तथा गीतका सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो । कार्यक्रममा आशकुमार राईले गीत निकै राम्रो बनेको गीत सुनेपछि मात्र त्यसको महत्व बुझने बताउनु भयो । उहाले गीतमा चयन गरिएका शब्द तथा संगीतले हेमन्तकलाको स्मरण अमर रहिरहने उल्लेख गरे । मुन्धुम स्टार सुमन बाङदेलले स्व हेमन्तकलाको जीवनी र उनको सम्झना तयार परिएको स्मृतिग्रन्थ र गीत ल्याउनु नै सकारत्मक पाटो रहेको बताउदै हेमन्तकला एउटा आशालाग्दो र केही गरेर देखाउने स्वाभावलाई आज पुस्तकको माध्यमबाट भावि पुस्तारुहको लागि दस्ता तयार गर्नु राम्रो बाटो र सकारात्मक रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गीतका संगीतकार जसिहव राइले स्व हेमन्तकलाको बारेमा स्मरण गराएका थिए । लामो समयसम्म हेमन्तकलाको नजिक भएर धेरै काम गर्ने मौका पाएको उल्लेख गर्दै आफुले हेमन्तकलासंग काम गर्दा उनी निकै मेहनती र केही गरेर देखाउने लक्ष्य लिएको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै प्रभाव दैनिकका अध्यक्ष लालसरा राइले स्व हेमन्तकलाको पार्थिक शरीर आज नभएपनि उनको आत्मले हामीलाई पच्छाइरहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा जिमी राई उत्थान समाजका सल्लाहकार इन्द्र कुबिर थुलुङले हेमन्तकला कोभिड सक्रमण भएर अन्तिम अवस्थामा पुग्दा पनि बचाउन प्रयास गरिएको भएपनि हेमन्तकलालाई बचाउन नसकेको उल्लेख गर्दै हेमन्तकलाको निधन भएपनि उनको स्मरण गराउने स्मृतिग्रन्थ तथा गीत अमर रहने उल्लेख गर्नुभयो । त्यसैगरी जिमी राई उत्थान समाजका केन्द्रीय सदस्य केशव थुलुङ राई लगायत अन्यले स्व हेमन्तकललाई स्मरण गर्दै हेमन्तकलको सम्झनाको लागि परिवारले कृति प्रकाशन तथा गीत तयार गरेर एउटा असल परिवारको दायित्व पुरा गरेको बताउनस भयो ।